७ वैशाख २०८१ शुक्रबार
कला

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

काठमाण्डौं –लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारीबारे जानकारी समेटिएको छ।

लेखक गौतमले वित्तीय पहुँच र चेतना अभिवृद्धि गर्दै बैंक तथा वित्तीय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधा र उनीहरूका पृष्ठभूमिसमेत पुस्तक राखिएको बताए। पुस्तकमा नेपालको वित्तीय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरूसमेत समेटेका छन्। ‘पुस्तकबाट नेपालको बैंक वित्तीय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ,’ उनले भने।

सामाजिक, सांस्कृतिक र साहित्यका विधामा पुस्तकहरू प्रकाशित हुने गरेपनि आर्थिक क्षेत्रलाई विषयवस्तु बनाएर पुस्तक बजारमा नआउने गरेका अवस्थामा यसलाई बजारमा ल्याएको लेखक गौतमले बताए। पुस्तकलाई बिजनेस पाटी मिडियाले बजारमा ल्याएको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App