८ वैशाख २०८१ शनिबार
कला

हिमालमा ‘लालुमै’ को क्रेज

सोलुखुम्बु – सल्लेरीमा आयोजित सांगीतिक साँझमा गायक शिव हमालले  ‘लालुमै’ गीत गाउँदै गर्दा दर्शक ताली बजाएर नाच्न तम्सिए। शनिबार सल्लेरीमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो जिल्ला अधिवेशनको अवसरमा प्रस्तुत गरिएको सांगीतिक साँझमा ‘लालुमै’ बोलको गीत प्रस्तुत गर्दा प्रहरी नायव उपरिक्षक छमछमी नाचे।

कार्यक्रममा  उनले ‘लाउँछ माया’ र ‘हावा चल्यो सरर’ बोलको गीत समेत प्रस्तुत गरेका थिए। उनले भने, ‘दोस्रो पटक सल्लेरीमा दर्शकको अपार माया पाएँ ! खुसी नहुने त कुरै भएन।’

अर्का लोक तथा दोहोरी गायक नविन पौडेलले ‘हुर्किएको छोरीलाई’ गाउँदा हलभित्र दर्शक नाचेका थिए। उनले ‘श्रीनगर डाँडैमा’, ‘बोल्न पर्छ ओई’, ‘मन परेरै हो’ र ‘जुंगा पलायो’ लगायतका गीत प्रस्तुत गरेका थिए। त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सोलुखुम्बुको अध्यक्षमा शिखरजंग श्रेष्ठसहित १९ सदस्य निर्वाचित भएका छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App