७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेल र धुलिखेल हस्पिटलबीच सम्झौता

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौं युनिभर्सिटी हस्पिटल) सँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ। प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

यस पहलअन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र  सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ। यसका साथै दुई वर्षका लागि यो कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने अन्य स्थानीय आपूर्ति र सेवा खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ। धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन (चिकित्सक र परामर्शदाता) लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोग प्रदान हुने बताइएको छ। हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरु र अनुगमन लगायत काम पनि गर्नेछ।

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एन्ड हेल्थ केयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ। यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित काम तथा नविन खोजका बारेमा निर्देश गर्नेछ। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार एक कार्यक्रमबीच टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्ने  सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App