coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खै संग्रहालय र कलाको विमा ?

काठमाडौं - संसारभरका विभिन्न संग्रहालयमा राखिएका कलाहरूको विमा हुने प्रचलन छ। नेपालमा भने विमा नीति नभएका कारण संग्रहालयमा राखिएका विभिन्न कलाहरूको विमा हुन सकेको छैन्। छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका विभिन्न कला र हतियारहरू सुरक्षित रहेको दाबी संग्रहालयका निर्देशक जयराम श्रेष्ठले गरेपनि विमा गर्नतर्फ कुनै पहल नभएको बताए।

‘संग्रहालयमा तीन हजारभन्दा बढीका विभिन्न कला र हतियारहरू सुरक्षित छन्। कुनैपनि कला र हातहतियारको विमा भने गरिएको छैन्। कला र हातहतियार संरक्षण र सुरक्षाका लागि नेपाल सरकारका कर्मचारी राखेका छौं। नेपाली सेनाले सुरक्षा दिइरहेको छ,’ उनले भने। बुद्धका विभिन्न मूर्ति कला, ऐतिहासिक सामग्रीहरू र हतियार संग्रहालयमा राखिएका छन्। विदेशमा आयोजना हुने प्रदर्शनीमा ती सामग्रीहरू पठाउने उनले बताए।

बिमा पहिलो प्राथमिकता होइन। कारण, यहाँ राखिएका सामग्रीहरू नहराओस् र नबिग्रियोस् भनेर विभिन्न तरिका अपनाउनुपर्छ। बिमा गरेर हराएको सामग्रीको पैसा त आउँला। तर, हाम्रा पुर्खाहरुको पालाको हातहतियार र कला किन्न पाइदैन्।

संग्रहालयमा रहेको बुद्धसँग सम्बन्धित भएर बौद्ध आर्ट ग्यालरी र द आर्ट ग्यालरीमा विभिन्न कलाहरू प्रदर्शनीका लागि राखिने गरेका छन्। नेपालका संग्रहालय बिमा सम्बन्धी कुनैपनि नीति नियम नभएकाले अहिलेसम्म बिमा नगरिएको संग्रहालयका निर्देशक श्रेष्ठको भनाई छ। ‘बिमा हाम्रो पहिलो प्राथमिकता होइन। कारण, यहाँ राखिएका सामग्रीहरू नहराओस् र नबिग्रियोस् भनेर विभिन्न तरिका अपनाउनुपर्छ। बिमा गरेर हराएको सामग्रीको पैसा त आउँला। तर, हाम्रा पुर्खाहरुको पालाको हातहतियार र कला किन्न पाइदैन्,’ उनले भने। नेपालमा संग्रहालय बिमाको नीति नभएकाले यस विषयमा ध्यान दिन नसकेको उनले बताए।

उनका अनुसार बाहिर प्रदर्शनका लागि पठाइने कला र हतियारहरूको पुरातत्व विभागले बिमा गर्ने गर्दछ। गत वर्ष चीनमा प्रदर्शनीका लागि हतियार पठाइएको थियो। उक्त प्रदर्शनी डेढ लाखभन्दा बढी विदेशीले नेपाली हतियारको अवलोकन गरेका थिए।

यसबाट नेपालमा पुरातत्व झल्काउने हतियार रहेछन् भन्ने प्रचारप्रसार भएको र संरक्षणमा पनि थप टेवा पुगेको दाबी उनले गरे। ‘गत वर्ष हतियार र मूर्तिको अवलोकन गर्न ७० हजारको हाराहारीमा विदेशी र स्वदेशी अवलोकनकर्ता आएका थिए। चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई संग्रहालय अवलोकन गराउने लक्ष्य राखेका छौं। संग्रहालयमा बुद्धका मूर्तिहरुसँगै पुराना ढुङ्गाका मूर्तिहरु राखिएका छन्,’ उनले भने।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App