coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेइमारको सरुवा चर्चा छायामा

पेरिस – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा निमिसमाथि ३–० को जितका साथ सुखद सुरुआत गर्दा स्ट्राइकर नेइमारको सरुवा चर्चा छायामा परेको छ।

पिएसजीले २७ वर्षे स्ट्राइकर नेइमारलाई बेन्चमै राखेपछि उनको सरुवा प्रक्रिया अघि बढेको खुलासा भएको हो। यससँगै स्पेनिस ला लिगा क्लब रियाल मड्रिड वा बार्सिलोनामा सरुवा हुने खबरलाई बल पुगेको छ। पिएसजीका स्पोर्टिङ निर्देशक लियोनार्दोले नेइमारको पिएसजी बसाइ धेरै लामो नभएको तर सरुवाका लागि क्लबले आधिकारिक अनुमति दिएको खुलासा गरेका थिए।

पिएसजीका प्रशिक्षक थोमस टचेलले पनि नेइमारको पिएजी बसाइ अनिश्चित बनेको भन्दै आफू उनीबिना कुन रणनीतिमा मैदान उत्रनेबारे तयारी गरिरहेको प्रतिक्रिया दिएका थिए। २४औं मिनेटमा इडिसन काभानीले पेनाल्टीको सदुपयोग गर्दै पिएसजीलाई खेलमा अघि बढाएका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पे र एन्जेल डी मारियाको गोलमा पिएसजीले ३–० को सहज जित हात पारेको हो।

‘हामी झूटो बोल्न चाहँदैनौं। नेइमारको आगामी गन्तव्य के हुने हो केही दिनमै थाहा हुनेछ तर यो उनी टोलीमा नहुने कुरा लगभग पक्का छ,’ एम्बाप्पेले भने। पिएसजीका समर्थकले ‘नेइमार ! गेट आउट’ नारा लेखिएको प्लेकार्ड देखाएका थिए।

महँगो मूल्यमा पिएसजी गएका नेइमारलाई लिन जिनेदिन जिदानको क्लब रियालले प्रतिद्वन्द्वी बार्सिलोनासँग कडा टक्कर गर्नुपर्ने स्पेनिस सञ्चारमाध्यमले बताएका छन्। तर उनकोे पूर्वक्लबसँग पुनः अनुबन्धित हुने इच्छा छ।

नेइमार असन्तुष्टिका बावजुद पिएसजीमा एक साताअघि मात्र अभ्यासमा उपस्थित थिए। ब्राजिलको अदालतले शुक्रबार बलात्कारको आरोप खेपिरहेका उनीविरुद्धको मुद्दा एथेष्ट प्रमाण नभएको भन्दै  खारेज गरेको थियो। नेइमारले  एक स्पेनिस  सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा बार्सिलोना बसाइ आफ्ना लागि निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए।

 

प्रकाशित: २८ श्रावण २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App