ओसाका पुनः शीर्षमा

मङ्गलबार, २८ साउन २०७६, ०७ : ४३ नागरिक

पेरिस – युएस ओपन र अस्ट्रेलियन ओपन विजेता नाओमी ओसाका सोमबार डब्लुटिए विश्व वरीयताको शीर्ष स्थानमा फर्किएकी छन्। गत हप्ता रोजर्स कपको क्वार्टरफाइनलमा अमेरिकी स्टार सेरेना विलियम्ससँग पराजित  भए पनि जापानी युवा स्टार ओसाका विश्व वरीयताको शीर्ष स्थानमा फर्किएकी हुन्।

विश्व नम्बर एक एस्लेघ बार्टी सोही प्रतियोगिताको दोस्रो राउन्डमा पराजित हुँदा तेस्रो वरीयताकी  क्यारोलिना प्लिसकोभा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएपछि ओसाका शीर्ष स्थानमा पुग्ने पक्का भएको थियो। गत जनवरीमा लगातार न्युयोर्क र मेलबर्नमा सफलता प्राप्त गरेपछि ओसाका विश्व नम्बर एक बन्ने पहिलो जापानी खेलाडी बन्न पुगेकी थिइन्।

अस्ट्रेलियाकी बार्टी करिब सात हप्तासम्म शीर्ष नम्बर एकमा रहे पनि हाल दोस्रो वरीयतामा झरेकी छन्। चेक रिपब्लिककी प्लिसकोभा भने तेस्रो स्थानमा यथावत् रहिन्। रोजर्स कपको फाइनलमा क्यानेडियन स्टार बियन्सका एन्ड्रिस्कुसँग पराजित भएकी विलियम्स दुई स्थान सुधार गर्दै आठौंमा पुगेकी छन्। उक्त फाइनलमा विलियम्स रिटायर्ट हर्ट भएकी थिइन्।

त्यस्तै रोमानियाकी सिमोना हालेफ चौथो स्थानमा, नेदरल्यान्डकी किकी बार्टिन्स पाँचौंमा, चेक रिपब्लिककी पेत्रा केभितोभा छैटौंमा र युक्रेनकी इलिना भितोलिना सातौं स्थानमा यथावत् छन्। बुल्गेरियाकी आर्यना साबालेन्का नवौं स्थानमा र अमेरिकी स्टार स्लोएनी स्टेफेन्स दुई स्थान तल झर्दा दशौं स्थानमा छन्।

पुरुषतर्पmको विश्व वरीयतामा शीर्ष चार यथावत् छन्। स्पेनिस स्टार राफाइल नाडलले रोजर्स कपको उपाधि जिते पनि विश्व नम्बर एकमा पुग्न असफल भए। रोजर्स कपको फाइनलमा आइतबार डानिल मेदभेदेभलाई ६–३ र ६–० ले हराउँदै उनले ३५औं मास्टर्स टाइटल आफ्नो बनाएका थिए।

सर्बियाका नोभाक जोकोविच शीर्षमा रहँदा नाडल दोस्रो स्थानमा यथावत् छन्। स्विट्जरल्यान्डका रोजर फेडेरर र अस्ट्रियाका डोमिनिक थिएम क्रमशः तेस्रो र चौथोमा यथावत् छन्। गत हप्ता मात्र पहिलो पटक विश्व वरीयताको पाँचौं स्थानमा पुगेका ग्रिसका स्टेफानोस सितसिपास सातौं स्थानमा झरेका छन्।

उनीभन्दा माथि जापानका केई निसिकोरी र जर्मनका एलेक्सजेन्डर जेरेभ क्रमशः पाँचौं र छैटौं स्थानमा छन्। रोजर्स कपको फाइनल खेलेका डानिल मेदभेदेभ एक स्थान सुधार गर्दै आठौं स्थानमा पुगेका छन्। रसियाका कारेन खचानोभ नवौं स्थानमा झर्दा इटालीका फाबियो फोगनिनी दशौं स्थानमा उक्लिए।







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad