७ वैशाख २०८१ शुक्रबार
खेल

जिदानको बेललाई अवसर

मड्रिड – गारेथ बेलले सिजनपूर्वका पछिल्लो ४ अभ्यास खेलमध्ये पहिलो पटक अवसर पाएसँगै प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा अझै स्थान बनाउन सक्षम भएको संकेत गरेका छन्।

मड्रिडले आइतबार इटालियन सिरी ‘ए’ क्लब एएस रोमासँग पेनाल्टीका पराजित भएको खेलमा बेल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। मार्सेलोले पेनाल्टी मिस गर्दा रियाल ५–४ को नतिजा सुम्पन बाध्य भयो।

खेलपछि जिदानलाई पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको सम्भावित सान्टियागो बर्नाबेउ सरुवाका बारेमा सोध्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरे। रियालले खेलेको यो सातौं मैत्रीपूर्ण खेल भए पनि बेलले भने ३ खेलमा मात्र अवसर पाएका छन्। यसै सिजन बुन्डेसलिगा विजेता बायर्न म्युनिखबाट फर्किएका हामेस रोड्रिग्वेजले भने बेन्चमा समेत अवसर पाएनन्।

‘बेल र हामेस रियालका खेलाडी हुन्,’ जिदानले भने, ‘अगस्ट ३१ सम्म जे पनि हुन सक्छ, तर हामी अहिले सबै खेलाडीलाई प्राथमिकता दिइरहेका छांै।’ जिदानले पटकपटक बेललाई क्लबमा राख्न नचाहेको स्पष्ट पार्दै आएका छन्। जिदानले बेललाई आरबी साल्जबर्ग, फेनरबाच र टोटेनह्यामविरुद्धको खेलमा अवसर दिएका थिएनन्।

‘हामी अभ्यासका लागि आएका हांै र हामी कसलाई भिœयाउने भन्ने भन्दा पनि कसरी राम्रो तयारी गर्ने भन्नेमा केन्द्रित छांै,’ जिदानले नेइमारको बारेमा सोधिएको प्रश्नमा भने। तर रियालले गत महिना बेलको चीन सरुवा रद्द गरेको थियो। बिहीबार प्रिमियर लिगको समेत सरुवा बजार बन्द भइसकेको छ। त्यसैले बेल टोलीमा फर्किएको अनुमान गरिएको छ। बेल सेल्टा भिगोविरुद्ध शनिबारको खेलमा पहिलो रोजाइमा पर्छन् वा पर्दैनन् सबैको चासो बनेको छ।

खेलमा मार्सेलो र कासेमिरोको गोलमा दुई पटक अग्रता लिए पनि रियाल अग्रता जोगाउन भने असफल भयो। रोमका डिएगो पेरोटी र इडेन जेकोले बराबरी गोल गरेका थिए। रोमाले अगस्ट २५ मा जिनोवाविरुद्धको खेलसँगै नयाँ सिजनको इटालियन सिरी ‘ए’ को सुरुआत गर्नेछ। रियालले खेलेको यो सातौं मैत्रीपूर्ण खेल भए पनि बेलले भने ३ खेलमा मात्र अवसर पाएका छन्।

 

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App