६ वैशाख २०८१ बिहीबार
खेल

बनेपा क्वार्टरफाइनलमा

काठमाडौं - बनेपा ब्वाइज क्लब सोमबार प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको  क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

चाबहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा बनेपाले सिन्धु स्पोर्ट्सलाई पेनाल्टीमा ३–२ गोलले पराजित ग¥यो। निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। बनेपाका भवसागर रञ्जित ‘म्यान अफ दी म्याच’ घोषित भए।

चाबहिल खान परिवारको सहयोगमा भइरहेको प्रतियोगितामा बौद्ध टुसाल भेट्रानले आयोजक चाबहिललाई टाइब्रेकरमा २–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। बौद्धका धर्मेन्द्र लामा ‘म्यान अफ दी म्याच’ बने।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App