८ वैशाख २०८१ शनिबार
खेल

विलियम्सको नौ वर्षे सम्झौता

मड्रिड – स्पेनिस ला लिगा क्लब एथ्लेटिक बिलबाओका स्ट्राइकर इनाकी विलियम्सले क्लबसँगको सम्झौता ९ वर्ष थप गरेका छन् । २५ वर्षे विलियम्सले क्लबसँगको सम्झौता सन् २०२८ सम्मका लागि लम्ब्याएका हुन् । साथै क्लबले उनको फुकुवा रकम १ सय २५ मिलियन डलर तोकेको छ ।

यो ला लिगामा कुनै पनि खेलाडीले गरेको दोस्रो ठूलो अवधिको सम्झौता हो । यसअघि १९९८ मा रियाल बेटिसका ब्राजिलियन विंगर डेनिल्सनले १० वर्षको सम्झौता गरेका थिए ।

‘म क्लबलाई सफलता दिलाउन चाहन्छु । आशा छ यो अवधि त्यसका लागि पर्याप्त हुनेछ,’ विलियम्सले भने, ‘मलाई क्लबले पहिचान दिएको छ र म त्यो स्थापित गर्न चाहन्छु ।’

विलियम्सले २०१४ मा बिलबाओको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनी नयाँ सिजनका लागि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड जाने खबर सार्वजनिक भएका थिए । तर प्रिमियर लिगको सरुवा बजार बन्द भएको केही दिनपछि नै विलियम्सले बिलबाओसँगको सम्झौता लम्ब्याएका हुन् ।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App