८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बालस्याहार केन्द्रमा आगलागी, पाँच बालबालिकाको मृत्यु

वासिङ्टन – अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। आगलागीको घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएको थियो। आगलागी हुँदा बालबालिका सो स्याहार केन्द्रभित्रै थिए। त्यसैले भित्रै थुनिएर उनीहरुले ज्यान गुमाएको बताइएको छ। स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिका आठ महिनादेखि सात वर्षसम्मका रहेको बताए।

आइतबार बिहान बालबालिका सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिएका छन्। आगलागी भएको २५ मिनेटभित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए। उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन्। 

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिका थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाइ छ। ‘अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने बित्तिकै आगो निभाउन धेरै प्रयास गरे तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाको मृत्यु भयो,’ सान्तोनले भने, ‘हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौं तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ।’ आफ्नै घरमा स्याहार केन्द्र चलाएकी सञ्चालक एलाइन हारिस भने आफूलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन्। उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भए पनि अहिले अस्पतालमा उपचार भइरहेको बताइएको छ।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App