८ वैशाख २०८१ शनिबार
समाज

राजदूतावासको छाप नक्कली बनाउने मेनपावरका संचालक पक्राउ

काठमाडौं- कतार स्थित नेपाली राजदूतावासको छाप किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी छाप र हस्ताक्षर नक्कली बनाउने अमिदावा बुद्ध मेनपावरका संचालक म्याग्दी देविस्थानका सह बहादुर राना र नेत्र बहादुर पुनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुले अमिदावा बुद्ध मेनपावर प्रा.लि.(दर्ता नं.२२७/२०६८।२०५९) ले कतार स्थित स्टिल को ट्रेडिङ कन्ट्रक्सनमा कम्पनीको कामदार पठाउन उक्त कम्पनीले डिमान्ड लेटरमा कतार स्थित नेपाली राजदूवासको छाप र कर्मचारीको हस्ताक्षर किर्ते  गरी कागजपत्र पेश गरेको पाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ असार २०७३ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App