coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

पोखरा– कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्। 

वर्तमान अध्यक्ष यामबहादुर गुरुङको चार वर्षीय कार्यकाल साउन १२ देखि  सकिएपछि कास्की जिल्ला खेलकुद विकास समिति नेतृत्वविहीन छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) पोखरामा पनि हुने भएपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेका बेला खातीले नेतृत्वमा दावी गरेका हुन्। 

आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै खातीले क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य रहँदा आर्जन गरेको अनुभव र आगामी दिनमा पनि खेलकुदको विकासको लागि केही गर्ने उद्देश्यका साथ नेतृत्वमा आफ्नो दावी रहेको बताए।

‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय दृष्टिकोणले मात्रै नभई खेलकुदको राजधानीका रुपमा चिनिन्छ। यस कुरालाई अझै सार्थक रुप दिन र अनुभवलाई नेतृत्वमा पुगेर काम गर्न मैले अध्यक्षको दावी गरेको हुँ’, उनी भन्छन्।

खातीले उसु, बक्सिङ, शारीरिक सुगठन लगायतका क्षेत्रीय प्रतियोगिताको संयोजक भएर समेत काम गरिसकेका छन्।

अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव तथा गण्डकी प्रदेशको पूर्व संयोजक रहेका उनी तेक्वान्दो खेलको प्रशिक्षक तथा खेलाडी समेत हुन्।

प्रकाशित: २७ श्रावण २०७६ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App