coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शुक्लाफाँटा मध्यवर्तीको अध्यक्षमा बिष्ट

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा लव बिष्ट निर्वाचित भएका छन्। 

सोमबार भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचनमा प्रतिद्वन्दी अमरबहादुर बस्नेतलाई एक मतले पराजित गर्दै बिष्ट चौथो पटक मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। दिउँसो भएको निर्वाचनमा विष्टले पाँच र बस्नेतले चार मत ल्याएका थिए। बिष्ट शुक्लाफाँटा समिति र बस्नेत दोधाराको सरगरमाथा समितिका अध्यक्ष हुन्। 

पाँच बर्षे कार्यकालका लागि बिष्ट निर्वाचित भएका छन्। यस अघिका अध्यक्ष पुष्करबहादुर सिंंह तल्लो तहमै पराजित भएका थिए। बिष्ट भीमदत्त नगरपालिका १६ मझगाउँ निवासी हुन्। उनले समितिको स्थापनाकालदेखि तीन कार्यकाल अध्यक्ष पदको जिम्मेवारी वहन गरिसकेका छन्। 

प्रकाशित: २७ श्रावण २०७६ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App