अन्तर्राष्ट्रिय युवा दिवस : युवालाई जागिरकै पिरलो

सोमबार, २७ साउन २०७६, १६ : १२ सुभद्रा धिताल

काठमाडौं – ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् २००१ देखि विश्वव्यापी रुपमा शुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस संसारभर अगष्ट १२ गतेका दिन मनाउने गरिन्छ। नेपालले पनि सन् २००४ देखिनै आफ्नो मौलिक नाराका साथ आजकै दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको हो।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। यो उमेर समूहलाई हेर्दा कुल जनसँख्याको ४०.३५ प्रतिशत हुन आउँछ। नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ।

हाल नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या एक करोड सात लाख छ। युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा छ। ११.४ प्रतिशत युवा पूर्ण बेरोजगार रहेको र कृषिमा युवाहरुको संलग्नता मात्र ५०.२ प्रतिशत छ। यस्तै, २६.१ प्रतिशत युवाहरु स्नातकसम्मको तह पास गरिसकेको भए पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ। आज बेरोजगारीको कारण प्रतिवर्ष पाँच लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेका छन्। यी मध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेको राष्ट्रिय युवा परिषदको तथ्यांकले देखाएको छ।

हाल नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या एक करोड सात लाख छ। युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा छ। ११.४ प्रतिशत युवा पूर्ण बेरोजगार रहेको र कृषिमा युवाहरुको संलग्नता मात्र ५०.२ प्रतिशत छ। यस्तै, २६.१ प्रतिशत युवाहरु स्नातकसम्मको तह पास गरिसकेको भए पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ।

हालै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी तथ्याङ्क बमोजिम विदेशिने युवाको संख्यामा केही कमी आएको र यो संख्या वार्षिक तीन लाख २३ हजार मात्र रहेको देखिएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा काम गरी कमाएको रकम रेमिटेन्सको रुपमा नेपाल भित्रिने गर्दछ, जसको राष्ट्रिय अर्थतन्त्रमा २९ प्रतिशतको योगदान हुने गरेको छ।

आजका युवा नै भोलीका भविष्य हुन्। युवाहरुलाई ऊर्जाशील, उत्पादनमुखी, उद्यमी बन्न उत्प्रेरित गर्दै राष्ट्र निर्माणमा ठोस योगदान गर्न सक्ने बनाउन सहयोग गर्नुपर्ने बताउँछन् राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल। उनका अनुसार, नेपालको शिक्षामा कमी भएका कारण ठूलो संख्यामा युवाहरु विदेशिने गरेका छन्। यस्तै, विदेशिने युवाहरुमा दक्षता र सीपको कमीका कारण आफूलाई सस्तोमा बेचिरहेको पाइएको छ। युवाहरुको सीपसँगै उनीहरुको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ भन्छन्, ढुंगेल। ढुंगेलले युवाहरुलाई अधिकारसँगै दायित्व र कर्तव्यबोध पनि गराउनेमा जोड दिन्छन्। शिक्षाको सवलीकरण अन्तर्गत ‘एक शिक्षण संस्था एक उद्यम’ भन्ने कार्यक्रम अगाडि सारेको ढुंगेलले बताए।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ का अनुसार नेपालमा आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा गरिबीको रेखामुनि रहेका जनसंख्या १८.५ प्रतिशत र बहुआयामिक गरिबी सूचकाङ्क २८.६ प्रतिशत छ। उक्त सर्वेक्षणले नेपालमा प्रति वर्ष करिब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गरेको अनुमान गरेको छ। युवाको ठूलो जमात या त वैदेशिक रोजगारीम या त सहर केन्द्रित भएका छन्। जागिरको खोजीमा युवाहरू यत्रतत्र भौतारिनु परेको छ।

हरेक वर्ष गरिने यस्ता युवा दिवसका कार्यक्रम नाममा मात्र सीमित नरहेर काम पनि भएको नेपाल युवा संस्था सञ्जाल अध्यक्ष जगदीशकुमार ऐर बताउँछन्। नेपालको सन्दर्भमा युवाहरुको सवालमा अगाडिनै रहेको उनको भनाइ छ। आफ्नो सञ्जाल करिब ४५ वटा जिल्लामा छरिएर रहेको र युवाहरुको क्षमता अभिवृद्धि तथा उनीहरूको विभिन्न सवालमा काम गरिरहेको ऐरले बताए।

युवा रष्ट्रिय प्रतिभा तथा उद्यमी सञ्जालको उपाध्यक्ष सबिता उप्रेतीका अनुसार सक्षम भएका युवाहरुलाई मात्र ध्यानमा नराखेर अपाङ्गता तथा जो आफैंमा असक्षम छन्, उनीहरुलाई पनि अगाडि बढाउनुपर्छ।

युवाहरु राष्ट्र निर्माणको कोसेढुंगा हुन्। युवाहरूनै राष्ट्रिय सुरक्षाको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिकामा हुन्छन्। देशको अखण्डता र सिमानाको रक्षासमेत युवाहरूको बलमा नै टिकेको हुन्छ। यस्तै सीप र प्रविधिको अभावमा अफगानिस्तान, इजरायल, मलेसिया तथा खाडीका मुलुकहरुमा काम गर्न जाने युवाहरू अधिकांश अदक्ष श्रमिकको रूपमा रहेकाले जोखिमपूर्ण काम गर्नु परिरहेको छ। यसैकारण उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको तीतो सत्य आजको यथार्थता हो।

नेपालमा थुप्रै संघसंस्थाहरु युवाको हकहितका लागि खोलिएका छन्। यिनीहरूका विभिन्न सवाललाई ध्यानमा पनि राखिएको छ। तर, पनि कताकता युवाहरूमा उर्जाशील, उत्पादनमुखी, उद्यमी बन्न उत्प्रेरित गर्दै उनीहरुमा दायित्वबोध गराउनुपर्छ। साथै युवाहरुमा देखिने खराब सोच र कर्महरुलार्ई न्यूनीकरण गर्दै समृद्धिका लागि सक्षम युवाको पक्षमा मन, वचन र कर्मले लाग्नु आजको आवश्यकता हो।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad