४ वैशाख २०८१ मंगलबार
समाज

थुनुवा फरार प्रकरण: असईसहित तीन प्रहरी निलम्बित

काठमाडाैं– पछिल्लो समय काठमाडौंमै हिरासतबाट थुनुवा फरार हुने क्रम बढेपछि प्रहरीहरुलाई उत्तरदायी बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले कडा कदम चालेको छ।

सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन्। समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ।

समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐनअनुसार कारबाही हुने बताए। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका चार थुनुवामध्ये तीनजना पक्राउ परिसकेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ गरेका हुन्। डिएसपी बोगटीले फरार मदन तामाङको खोजी भइरहेको बताए।

प्रकाशित: २७ श्रावण २०७६ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App