‘युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको छ’

सोमबार, २७ साउन २०७६, १४ : ३३ नागरिक संवाददाता

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रीत रहेको बताएका छन्। 

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु-याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको स्पष्ट पारे। 

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरे। युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अब कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको पनि बताए। मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दावी पनि गरे।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad