अमेरिका र तालिबानको वार्ता सकियो

सोमबार, २७ साउन २०७६, १४ : ३८ नागरिक

काबुल– संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ। यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए। उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ।

वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने कुरा भएको छ– उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्।

काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। तर, समाचारहरुमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ। अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए– मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ।

उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको थियो। तर यस विषयमा अमेरिका र अफगानिस्तानका सरकारहरुले भने केही बताएका छैनन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad