७ वैशाख २०८१ शुक्रबार
राजनीति

नार्कको कामप्रति कृषिमन्त्रीको असन्तुष्टि

फाइल तस्बिर ।

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्। कृषि अनुसन्धान परिषद्ले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उनले उल्लेख गरे ।

सोमबारबाट काठमाडौंमा सुरु भएको एसियन कृषि सम्मेलन तथा प्रदर्शनी–२०१९ को उद्घाटन गर्दै उनले किसान आवास परियोजना कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

मन्त्री खनालले सरकारले कृषि अनुसन्धान परिषद्ले गरेका अध्ययनअनुसन्धानबाट किसानहरुले पनि सिक्न सकून भनेर परिषद्ले अंग्रेजी भाषामा तयार पारेको प्रतिवेदन केही समयअघि नेपालीमा रुपान्तरण गरेर सबै स्थानीय तहमा हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरूलाई आकर्षित गर्ने गरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराइन् । उनले कृषि क्षेत्रको विकासमा युवाहरूलाई आकर्षित गर्ने गरी नीति निर्माणको कामलाई अघि बढाइएको पनि बताइन्।

प्रकाशित: २७ श्रावण २०७६ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App