७ वैशाख २०८१ शुक्रबार
समाज

साइप्रस पठाउने भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं–साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगबुका संचालक म्याग्दी भकिल्मी–२ का ४० वर्षीय अमर बहादुर बिकलाई बुधबार पक्राउ गरिएको छ। बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

बिकले ओखलढुङ्गाका उत्तम कुमार श्रेष्ठ, धादिङका कृष्ण ढकाल, रुकुमका चन्द्रे भुपाल पुन, बल बहादुर वली र उपेन्द्र केसीलाई कन्सल्टेन्सीबाट साइप्रसमा पठाउने भन्दै ४ लाख ४५ हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए। बिक पक्राउ गरे पश्चात राजेशराज मैनाली, पिताम्बर श्रेष्ठ, खयन्द्र श्रेष्ठ, संजय श्रेष्ठ, सन्दीप थापा, नवराज श्रेष्ठ र मोहन बहादुर श्रेष्ठसँग समेत साइप्रस पठाउने भनी ७ लाख रुपैयाँ लिएको खुल्न आएको प्रहरीले जनाएको छ।

बिकलाई ठगी मुद्धामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित: २६ कार्तिक २०७३ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App