६ वैशाख २०८१ बिहीबार
समाज

एक पटकको लिखित परीक्षाले तीन पटक ट्रायाल दिन सकिने

काठमाडौँ–सर्वधारणका लागी ड्राइभिङ लाइसेन्स वितरणलाई थप सहज र सरल बनाउनका लागि यातायात व्यवस्था विभागले नयाँ प्रावधान ल्याउने तयारी गरेको छ।

विभागले ल्याउन लागेको नयाँ नियमावली अनुसार अब लाइसेन्सका आकांक्षीले लिखित परीक्षा उत्तीर्ण गरेको तर ट्रायल अनुत्तीर्ण भएमा तीन महिनाको अन्तरालमा अन्य दुई पटक ट्रायल दिन पाउने छन् र यसका लागि उनीहरुले लिखित परीक्षा दिइरहनु पर्दैन।

उनीहरुले प्रथम पटक उत्तीर्ण गरको लिखित परीक्षा तीन महिना भित्र दिन मिल्ने अन्य दुईवटा ट्रायलका लागि मान्य हुनेछ।
विभागले ल्याउन लागेको नयाँ प्रावधान आगामी मंङसिर १ गतेबाट लागू हुनेछ।

यातायात व्यवस्था विभागका प्रवक्ता तोकराज पाण्डेले भने ‘हामीले सर्वसाधरणको असन्तुष्टीलाई ध्यानमा राख्दै सरल प्रावधानलाई लागू गर्न लागेका हौं, यस प्रावधान अनुसार अब लाइसेन्सका आकांक्षीले लिखित परीक्षा उत्तीर्ण  गरेको तर ट्रायाल अनुत्तीर्ण भएमा पहिला दिएको लिखित परीक्षाको आधारमा अन्य दुईपटक ट्रायल लिन पाउने छन्।

तर तीन पटकको ट्रायलमा पनि अनुत्तीर्ण भएमा आकांक्षीले फेरी लिखित परीक्षा दिनुपर्ने हुन्छ।

प्रकाशित: २६ कार्तिक २०७३ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App