coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ।

राखेपले बुढानीलकण्ठस्थित पार्क भिलेजमा एक कार्यक्रम आयोजना गर्दै चालू आर्थिक वर्षको महŒवाकांक्षी भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको हो। राखेपले १ अर्ब ८६ करोड रुपैयाँ लागतको कुल ९७ वटा परियोजना सार्वजनिक गरेको छ। दुई दिनको कार्यक्रममा तीन योजनाको अवधिसमेत तोकिँदै छ। साथै आयोजना निर्माणका लागि आइतबार नै जिम्मेवारी तोकिएको छ भने केही जिम्मेवारी सोमबार दिइनेछ।

महत्वाकांक्षी भौतिक पूर्वाधार तथा योजनाहरू तीन चरणमा राखिएको राखेपका सदस्यसचिव रमेश सिलवालले जानकारी दिए। सिलवालले भने, ‘हामीले निर्माणाधीन, डिपिआर भइरहेका र नयाँ बनाउनुपर्ने योजनाहरू राखेका छौं। यीभित्र बनिसकेका  सातदोबाटोको तेक्वान्दो एकेडेमी, कराते एकेडेमी र पौडी पोखरी पनि समावेश छन्। यी संरचना भौतिक रूपमा बनिसके पनि पूर्णरूपमा सम्पन्न हुन बाँकी छन्।’

सिलवालले ७ सय ५३ वटै पालिकामा खेलाडी उत्पादन हुने स्थल निर्माण गर्ने तयारीमा रहेको समेत बताए। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले यी योजनाले नेपाली खेलकुदका विकासमा ठूलो मद्दत पुग्ने बताउँदै समयमै यी योजना पूरा हुनेमा प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मन्त्रीहरूलाई लाग्ने गरेको आरोपजस्तो आफ्नो निर्वाचन क्षेत्रमा मात्र योजना केन्द्रित नभएको बताउँदै समावेशी रूपमा देशका हरेक कुनाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले योजनाहरू ल्याइएको स्पष्ट पारे।

‘नेपाली खेलकुदलाई मार्यादित र प्रतिष्ठित बनाउन सके मात्र समृद्ध बन्न सक्छ। साथै आवश्यक मात्र संरचना पनि हुनुपर्दछ,’ मन्त्री विश्वकर्माले भने,‘यी योजनाहरू पूर्णरूपमा लागू गर्न सके नेपाली खेलकुदले ठूलो फड्को मार्ने आधार तय हुनेछ।’ साथै मन्त्री विश्वकर्माले नयाँ ऐन लागू भएसँगै नेपाली खेलकुद पूर्णरूपमा व्यवस्थित हुने पनि आशा व्यक्त गरेका छन्। राखेप सदस्यसचिव रमेश सिलवालले निर्धारित योजना तथा पूर्वाधार निर्माणका लागि आगामी भदौ १५ भित्र टेन्डरको प्रक्रिया आह्वान गर्ने बताएका छन्।

सिलवालले राखेप कर्मचारीको तीव्र आलोचनासमेत गर्दै काम गर्ने शैलीप्रति पनि प्रश्न उठाएका छन्। ‘हाम्रो संरचनाको इन्जिनियरिङ पाटो कमजोर छ। अहिलेको आवश्यकता उनीहरूको कार्यक्षमतामा समेत वृद्धि गर्नुपर्नेछ,’ उनले भने।  पञ्चायत कालदेखिको राखेपमा १ अर्ब ३५ करोड रुपैयाँ बेरुजु रहेको  सार्वजनिक गर्दै सिलवालले आफ्नो संस्था बदनाम हुँदै गर्दा शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको दुखसो पोखे।

‘यति धेरै रकम बेरुजु हुनु निकै लाजमर्दो अवस्था हो। फस्र्योट गर्नुपर्ने कति जनाको घर÷ठेगाना नै छैन,’ सिलवालले भने,‘ती सूचीमा २÷३ जना पूर्वमन्त्रीसहित ११ सयभन्दा बढी कर्मचारी छन्।’ साथै सिलवालले  फस्र्योट नभई नयाँ पेस्की लिन रोक्ने समेत बताएका छन्।  उनले अबदेखि राष्ट्रको ढुकुटी दोहन नहुने दाबी गर्दै छिट्टै बेरुजु रहेका व्यक्तिको नाम सार्वजनिक चेतावनी दिए।

यता, नायब महालेखा परीक्षक दामोदर पुडासैनीले देशमा कुल खर्चको ४१ प्रतिशत काम असारमा मात्रै हुने गरेकाले संरचना कमजोर बन्ने र अनियमितता हुने आशंका उत्पन्न हुने उल्लेख गरे। ‘हतारमा बनेका त्यस्ता संरचना पक्कै राम्रा हुँदैनन्,’ नायब महालेखा परीक्षक पुडासैनीले भने,‘त्यसैले योजनाहरू समयमै बन्नुपर्छ।’
पुडासैनीले राखेपमा धेरै रकम बेरुजु रहेको प्रसंग कोट्याउँदै भौतिक योजनाको विषयमा कार्यमूलक परीक्षण भइरहेको समेत बताए। ‘राखेपमा बेरूजु धेरै छ। आगामी दिनमा यस्तो नहोस्,’ पुडासैनीले भने,‘सबैको सम्मानित क्षेत्र अपवित्र हुनु हुँदैन। साथै महालेखाले खेलकुदका भौतिक पूर्वाधारबारे कार्यमूलक लेखा परीक्षण गरिरहेको छ। ती रिपोर्ट चैतभित्र संसद्मा पेस गर्नेछौं। ’

अनियमितता लुकाउन साँठगाँठ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीले आर्थिक अनियमितता लुकाउन महालेखा परीक्षकका साथै अख्तियारसम्म साँठगाँठ गर्ने गरेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आरोप लगाएका छन्। राखेपका बोर्डका अध्यक्षसमेत रहेको मन्त्री विश्वकर्माले खेलकुदमा भ्रष्टाचार हुने गरेको प्रसंग कोट्याउँदै बिनाबिल फस्र्याेट मिलाउन त्यसो हुने गरेको सुन्नमा आएको बताएका थिए।

सोही कार्यक्रममा राखेप सदस्यसचिव रमेश सिलवालले करिब ११ सय कर्मचारी, तीन मन्त्री र दुई राखेपका पदाधिकारीका नाममा एक अर्ब ३५ करोड रुपैयाँ बेरूजु रहेको समेत सार्वजनिक गरेका थिए। मन्त्री विश्वकर्माले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि अहिलेदेखि नै योजना बनाउन आवश्यक रहेको उल्लेख गर्दै अबदेखि २÷२ वर्षभित्रै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने दाबी गरेका छन्। ‘करिब ११ सय कर्मचारी, तीन मन्त्री र दुई राखेपका पदाधिकारीका नाममा एक अर्ब ३५ करोड रुपैयाँ बेरूजु छ।’

 

प्रकाशित: २७ श्रावण २०७६ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App