coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विखण्डनवादीद्वारा मुख्य दक्षिणी सहरमा नियन्त्रण

देशको प्रमुख बन्दरगाह सहर एडेनमाथि नियन्त्रण जमाएपछि खुसीयाली मनाउँदै यमनका विखण्डनवादी विद्रोही। तस्बिर ः एजेन्सी

साना – यमनका विखण्डनवादीहरुले देशको प्रमुख बन्दरगाह सहरमाथि आफ्नो नियन्त्रण जमाएका छन्। अन्तर्राष्ट्रिय रूपमा समर्थन प्राप्त गरेको फौजसँग कैयौं दिनसम्मको लडाइँपछि उनीहरुले देशको दक्षिणी बन्दरगाह सहर एडेनमाथि प्रभावकारी नियन्त्रण जमाएको बिबिसीले उल्लेख गरेको छ।

स्वतन्त्र दक्षिण माग गर्ने संयुक्त अरब इमिरेट्सको समर्थन प्राप्त साउर्दन ट्रान्जिस्नल काउन्सिल (एसटिसी)सँग गठबन्धन बनाएको विखण्डनवादी विद्रोही समूहले एडेन सहरको सैनिक शिविर र राष्ट्रपतीय दरबारमाथि नियन्त्रण जमाएको जिकिर गरेको छ।

साउदी नेतृत्वको गठबन्धनले एसटिसीलाई एडेन सहरबाट फिर्ता हुन वा थप कारबाही भोग्न तयार रहने चेतावनी दिएको छ। सो गठबन्धले यमन सरकारविरुद्ध उत्पन्न भएको चुनौतीविरुद्ध हमला सुरु गरेको बताएको छ।

साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले भने विद्रोहीमाथि सैन्य कार्यका साथ प्रतिक्रिया दिएको बताएको छ। यमन सरकारले भने एडेन सहरमाथि एसटिसीले गरेको नियन्त्रणलाई ‘कू’को संज्ञा दिएको छ। साउदी नेतृत्वको गठबन्धनले एसटिसीलाई एडेन सहरबाट फिर्ता हुन वा थप कारबाही भोग्न तयार रहने चेतावनी दिएको छ। सो गठबन्धले देशको सरकारविरुद्ध उत्पन्न भएको चुनौतीविरुद्ध हमला सुरु गरेको बताएको छ।

एसटिसीले एडेन सहरमा शनिबार नियन्त्रण जमाएको भए पनि सरकार र विद्रोहीबीच युद्धविराम भएको बताइएको छ। हमलाकैबीच पनि सो क्षेत्रमा युद्धविराम भने जारी रहेको बिबिसीले जनाएको छ। दक्षिण विखण्डनवादीले यमनमा सरकार पक्षधरसँगै मिलेर लामो समयदेखि गृहयुद्ध लडिरहेको भए पनि यसलाई अप्ठेरो खालको गठबन्धनका रूपमा हेर्ने गरिएको छ।

दक्षिणी बन्दरगाह सहर एडेन राष्ट्रपति अब्द्राबुह मन्सोर हादी सरकारको अस्थायी शिविर रहँदै आएको थियो। यद्यपि राष्ट्रपति आफैं भने साउदीको राजधानी रियादमा रहेका छन्। विखण्डनवादी सेक्युरिटी बेल्ट मिलिसियाका एकजना अधिकारीले एडेनस्थित राष्ट्रपतीय दरबारलाई कुनै युद्धबिनै शनिबार कब्जा गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग बताएका छन्। ‘राष्ट्रपतीय दरबारको सुरक्षामा खटिएका दुई सयजना सैनिकलाई सुरक्षित तरिकाले बाहिर निस्कन दिइएको थियो,’ ती अधिकारीले बताए।

प्रकाशित: २७ श्रावण २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App