coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एप्स्टाइनको आत्महत्याले खैलाबैला

न्युयोर्क – बालयौन दुराचारको आरोपमा जेलमा रहेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्युयोर्कको जेलभित्रै आत्महत्या गरेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन्। ब्युरोले जेलभित्र रहेका उनले कसरी आत्महत्या गर्न सके भन्नेबारे पनि औपचारिक अनुसन्धान सुरु गरेको बताइएको छ।

एक बालिकाले गरेको उजुरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको थियो।

एक बालिकाले गरेको उजुरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको थियो।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताएका छन्। उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने पनि बताए।

संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो। तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै मृत घोषणा गरिएको थियो। ६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो। उनले आफू निर्दोष रहेको बताउँदै आएका थिए।

अमेरिकी न्यायाधिवक्ता जियोफ्री बर्मानले पनि संघीय अनुसन्धान जारी रहने बताएका छन्।  एप्स्टाइनसँग जोडिएका अरु व्यक्तिको खोजी गरी कानुनको कठघरामा ल्याउन अनुसन्धान र कारबाहीअघि बढ्ने पनि उनले जानकारी दिएका छन्।

कारागारका एक पदाधिकारीले एप्स्टाइनले कागारभित्र यसअघि नै आत्महत्या गर्न खोजेको देखिएपछि उनको हातको नाडीमा विशेष घडी जडान गरिएको बताएका छन्। एक महिनाअघि जेलमा रहेको उनको आफ्नै कक्षमा उनले आत्महत्याको प्रयास गरेका थिए। त्यसबेला उनी अर्धचेत अवस्थामा भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। शनिबार आत्महत्या गर्ने क्रममा उनले हातको नाडीमा बाँधिएको सो घडी फुकालेको पाइएको थियो।

एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको थियो र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरुको उठबस थियो। उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरुसँग पनि रहेको विश्वास गरिन्छ। उनको क्यारेबियन द्वीपमा सय एकड निजी जमिनमा भव्य महल हुनुका साथै न्युयोर्कमा भव्य महल रहेको छ।

पीडित के भन्छन् ?
एप्स्टाइनले आत्महत्या गरेको समाचार बाहिरिएपछि उनीद्वारा पीडित भनिएकाहरुले पनि मुख खोलेका छन्। उनीहरुले अब बालयौन दुराचारको मुद्दाको सुनुवाईमा उनी नहुने भन्दै निराशा व्यक्त गरेका छन्। ‘उनले यसपटक पनि  हामीभन्दा माथि रहेको सोचे र सजिलो उपाय रोजे भनेर सोचेर म पागल हुन लागिसकें,’ पीडित जेना–लिसा जोन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘उनीद्वारा दुव्र्यवहारमा परेकासँग अब जेफ्री एप्स्टाइनले आमनेसामने गर्न पर्ने छैन भन्दै मलाई रिस उठेको छ,’ पीडित भनिएकी जेन्निफर आरोजलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘उसले गरेको दागयुक्त गतिविधि लिएर अब हामीले बाँच्नु पर्ने भएको छ,’ उनले बताइन्।

एप्स्टाइनद्वारा पीडित बनाइएको भनिएका केही पीडितका वकिल लिसा ब्लोमले उनीहरुका लागि क्षतिपूर्तिका लागि आफूले पहल जारी राख्ने बताएकी छन्।दोषी ठहर भएको भए मृतक एप्स्टाइनलाई ४५ वर्षसम्म जेल सजाय हुन सक्थ्यो।

प्रकाशित: २७ श्रावण २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App