coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

हवाना – क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिकासमेतका पश्चिमी मुलुकको बहिस्कारमा परेको भेनेजुएला सरकारमाथि पुनःसमर्थन जनाएका छन्।

राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन्। ‘भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारीतालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन,’ राष्ट्रपतिले गरेको ट्विटमा उल्लेख गरिएको छ।

दुई साताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गरेका थिए। साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुगेका डायाजले भेनेजुएलाको संवैधानिक संकट विदेशीको उक्साहटमा भएको बताएका थिए।

सो बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिले पनि नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका थिए। अमेरिकाले विपक्षी नेता उवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कूटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो।

 

प्रकाशित: २७ श्रावण २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App