८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदको सुविधा बढाउन विधेयक संसदमा

काठमाडौं- सांसदको तलब सुविधा बढाउन कानुन बनाउने प्रक्रिया अघि बढेको छ। सांसदहरुको तलब भत्ता बढाउन शुक्रबार संसदमा विधेयक पेश हुन लागेको हो। शुक्रबार बस्ने संसद बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शंकर नायकले सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने विधेयक पेश गर्ने कार्यसूचि छ।

शुक्रबारको संसदको कार्यसूचिबाट

तराईबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले तलब सुविधा कम भएको भन्दै वृद्धि गर्न आवाज उठाउँदै आएका थिए। १८ असोज २०७३ को संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद राम अयोध्याप्रसाद यादबले 'सांसदहरु मालामाल भएका छैनन् तलब वृद्धि गर्न आवश्यक छ' भन्ने अभिव्यक्ति दिएका थिए।

उनले सांसदहरुको तलब भत्ता अत्यधिक थोरै भएको भन्दै भरभाडा बापतको भत्ताले भाडा तिर्न गाह्रो भएको उल्लेख गरेका थिए। नियमावली परिर्वतन गरी सांसदहरुले गत साउन महिनादेखिकै बढाएको सुविधा भत्ता पाउनुपर्ने माग गरेका थिए।

कांग्रेस सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदको तलब सुविधा थोरै भएकाले बढाउन माग गरेका थिए। सांसदले मासिक ४४ तलब, भत्ता पाउँदै आएकोमा चालू आर्थिक वर्षको बजेटमा वृद्धिगरी ५५ हजार रुपैयाँ पुर्‍याइएको थियो। संसदमा पेश हुन लागेको विधेयकअनुसार अब सांसदको तलब मासिक ७५ हजार रुपैयाँ हुनेछ।

 

प्रकाशित: २६ कार्तिक २०७३ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App