तीन लाख २६ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

सोमबार, २७ साउन २०७६, ०६ : ५८ पुष्कर भण्डारी

डडेल्धुरा - अख्तियारको टोलीले तीन लाख नगदसहित एक जना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले नियन्त्रण्मा लिएको हो।

विषेश सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार नगद बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्।’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’

उनकाअनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइँदै गरेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन्। बिगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो। डडेल्धुरामा रहँदा उनले तत्कालिन जिल्ला वन अधिकृत कृष्ण भट्ट माथी कुटपिट समेत गरेका थिए।

सहायक वन अधिकृत डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडीएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका छन्। उनी अन्यत्र सरुवा भएपनि मिलाएर भएपनि यसैक्षेत्रमा बस्दै आउने गरेका थिए। उपभोक्तासंगै काठ तस्करहरु संग काम गरिदिए बाफत रकम अशुल्ने गरेको सूचना पटक–पटक आउने गरेको भएपनि त्यो खबर पुष्टि भने भएको थिएन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad