अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ

आइतबार, २६ साउन २०७६, २१ : २४ नागरिक

काठमाडौं– अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न एकजना प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-४ बालुवाटार, टुसाल शितलमार्गस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा कल बाईपास गरिरहेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद भएको छ।

अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका-७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको प्रहरीले जनाएकाे छ। उनले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त ब्यूरोले जनाएको छ।

प्रतिवादी तामाङ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad