८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी सर्दैनः मुख्यमन्त्री पौडेल

फाइल फाेटाे

मकवानपुर– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन्। जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उनले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताए।

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए। राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उनको भनाइ थियो। 'हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु', उनले भने।

मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६/१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने धारणा राखे। बैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उनको भनाइ थियो।

प्रकाशित: २६ श्रावण २०७६ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App