८ वैशाख २०८१ शनिबार
समाज

पिकनिक खान आएका दुई जनाको डुबेर मृत्यु

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थलमा पिकनिक खान आएका दुई जना युवाको बबई नदीमा डुबेर मृत्यु भएको छ। बाँकेबाट पिकनिक खान आएका बर्दियाका प्रविण बस्याल र दैलेखका हेमन्त बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए।

प्रहरी निरीक्षक चौलागाईका अनुसार शनिबार बाँकेबाट एउटा बस र जीपमा ३४ जना पिकनिक खान भेरीगंगा नगरपालिका–५ गेरुवानीमा आएका थिए। आएकामध्ये तीन जना बबई नदीमा पौडी खेल्न गएका थिए। ती मध्ये बर्दिया बडैया गाउँपालिका–३ सिमराका २१ वर्षीय प्रविण बस्याल र दैलेख आठबीस नगरपालिका–८ तिलेपाटाका २६ वर्षीय हेमन्त बढुवाल बेलुका साढे पाँच बजेतिर बेपत्ता भएका थिए।

प्रहरी निरीक्षक चौलागाईका अनुसार बढुवालको शव शनिबार बेलुका साढे सात बजेतिर फेला परेको थियो भने बस्यालको शव आइतबार बिहान फेला परेको थियो।

प्रकाशित: २६ श्रावण २०७६ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App