coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार दिनपछि सञ्चार सम्पर्कमा जोडियो डोल्पा

डोल्पा– चार दिनपछि हिमाली जिल्ला डोल्पा सञ्चार सम्पर्कमा जोडिएको छ। बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमका नमस्ते मोवाइल, सिडिएमए ,ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा प्रभावित भएको थियो।
छिमेकी जिल्ला जुम्लाको चिमरा भन्ने लेकमा रहेको रिपिटर टावरमा चट्यांङ्क परेर ध्वस्त बनाए पछि सेवा अवरुद्द भएको नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय नेपालगन्जका प्रमुख सिवराज खनालले जानकारी दिए। शनिवार नेपालगन्जबाट प्राविधिक टोलीसहित उपकरण पठाएर सेवा संचालनमा ल्याइएको खनालले जानकारी दिए।
चटयाङ विग्रेका उपकरण मर्मत गरेपछि आईतबार साँझ ६ बजेबाट सेवा सुचारु भएको हो। टेलिकमको सबै सेवा अवरुद्द भएपछि सेवाग्राही संचारविहीन बनेका थिए। टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्द हुँदा जिल्लामा संचालित सञ्चार माध्यम, बैङ्क तथा वित्तिय संस्थालगायत व्यापार व्यवसायमा ठूलो असर पुगेको थियो।
 

प्रकाशित: २६ श्रावण २०७६ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App