८ वैशाख २०८१ शनिबार
समाज

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज– वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला रौतहट अमुनिया गाउँपालिका वडा नं.१ जेठरहिया बस्ने बर्ष २२ को जोगनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नम्बर ६ धरमपुर बस्ने कौसलप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ। शनिवार बिहान भइरहेको प्रबिणता प्रमाण पत्र नर्सिङको परीक्षामा अरुको नामबाट परीक्षा दिरहेको अवस्थामा बिहान ९ः२० मा उनीहरुलाई प्रहरीले पक्राउ गरको हो। 

प्रहरीका अनुसार जोगनारायणले रौतहट गढीमाई ६ धरमपुर बस्ने बर्ष २२ को छोटेलाल यादवको नाममा परीक्षा दिइरहेका थिए भने कौसलप्रसादले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए।

‘त्यो सिटिइभिटीको परीक्षा हो, प्रहरीको नियन्त्रणमा उक्त परीक्षा संचालन हुन्छ, प्रहरीले त्यस्तो भेंटाएको भएर ती दुई जनालाई समातेको होला,’ मेडिकल कलेजका प्रबन्ध निर्देशक महमद बसरुद्दीन अन्सारीले भने, ‘हामीले परीक्षा संचालनको लागि केन्द्र मात्र उपलब्ध गराई दिएको हो।’

अरुको नाममा परीक्षा दिरहेको अवस्थामा उक्त परीक्षा केन्द्रबाट पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ श्रावण २०७६ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App