coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक वर्षमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

बुटवल —प्रदेश नं. ५ मा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने करिब साढे दुइ लाख सवारी साधन कारबाहीमा परेका छन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष २०७५। ०७६ मा  ट्राफिक नियम उल्लङघन गर्ने २ लाख ४३ हजार ७५६ वटा सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक नियम विपरित संचालन गरिएका ती सवारी कारवाहीबाट १८ करोड ७७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

संकलित जरीवाना र कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाएपनि सडक दुर्घटनामा भने कमी आएको छैन। प्रदेशका बाह्रवटै जिल्लामा अघिल्ला बर्षमा भन्दा यसपाली दुर्घटना बढेका छन्। प्रहरीले भने राजस्व असुलीमा भन्दा  दुर्घटनामा  न्युनिकरण र ट्राफिक नियमको पालनामा जोड दिएर कारबाही गरीएको दावी गरेको छ।

प्रहरीको तथ्याङ्क अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा एक नम्बरमा ट्रक र दोश्रो नम्बरमा मोटरसाइकल देखिएका छन। गत आर्थिक बर्षमा यो प्रदेशमा ९१ हजार ८४६ वटा ट्रक कारबाहीमा परेका छन। ट्राफिक नियम उल्लघन गर्ने ती ट्रकबाट जरीवाना बापत ५ करोड ४७ लाख ५० हजार राजश्व संकलन भएको छ।  ५५ हजार ८४ वटा मोटरसाइकल प्रहरी कारबाहीमा परेका छन। ती मोटरसाइकलको कारबाहीबाट ३ करोड ३७ लाख २८ हजार राजश्व संकलन भएको छ। कारबाहीमा परेका २३ हजार ८२९ वटा बसबाट  १ करोड  ४० लाख  १५ हजार जरीवाना असुल  भएको छ। ३६ हजार ८४५ वटा जिपकार भ्यान कारबाहीमा परेका छन। जसबाट जरीवाना स्वरुप  २ करोड ४७ लाख संकलन भएको छ। कारबाहीमा परेका २९ हजार ३३० वटा टेक्टरबाट १ करोड ६९ लाख ६५ हजार जरीवाना असुल गरीएको छ।कारबाहीमा परेका ६ हजार ८२२ वटा टेम्पोबाट टेम्पोबाट जरीवानाको ४२ लाख ९३ हजार राजस्व संकलन भएको प्रदेश नं. ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक राम प्रकाश शाहले बताए। 

एक बर्षको अवधीमा प्रदेश ट्राफिक बुटवलले २५ हजार १३२ वटा  सवारी साधनलाई कारवाही गरेको छ। जिल्ला ट्राफिक रुपन्देही जिल्लाले  ४९ हजार ६ सय,पश्चिम नवलपरासीले २३ हजार ४८१ र कपिलवस्तुले  २७ हजार ४२९ वटा सवारी साधनलाई कारवाही गरी जरीवाना असुल उपर गरेका छन। पाल्पा जिल्लामा १५ हजार ८४, गुल्मीमा ६ हजार ३८९ र अर्घाखाँचीमा ५ हजार ९५० वटा सवारी साधन ट्राफिक नियम उल्लघनको कारबाहीमा परेका छन । दाङमा ३४ हजार ५०९, बाँकेमा ३१ ह्जार ६६७ र बर्दियामा १४ हजार १७४ सवारी साधन कारबाहीमा परेका छन। प्युठानमा ६ हजार ४७५, रोल्पामा २ हजार ८५३ वटा र पूर्वी रुकुममा  ५९१ वटा सवारी साधन प्रहरी कारवाहीमा परेका छन।

 प्रदेश पाँचमा वितेको १ वर्षमा २ हजार ५७३ जना मापसे कारवाहीमा परेका छन। तीनबाट जरीवाना बापतको २५ लाख ७३ हजार र सिटवेल्ट नलगाएका  ३ हजार ३४४ जनालाई कारवाहीबाट १८ लाख ८१ ह्जार राजस्व संकलन भएको प्रहरीले जनाएको छ।ओभर स्पिडका कारण  ५ हजार ५३९ जनालाई कारबाही स्वरुप जरीवाना तिराइएको डिएसपी शाहले बताए। ओभरलोड बोकेका ४० हजार ८४५,छतमा यात्रु राखेका १ सय ११ वटा,सडक लेनको नियम र अनुशासन विपरित  गाडी चालाएका २ हजार ४१६ सवारी साधनका चालकलाइ जरीवाना तिराइएको छ।

प्रहरीलेएक बर्षमा ६ सय ८७ जनाको चालक अनुमतीपत्रमा प्वाल पारिदिएको छ।  ७ जनालाई सार्वजनिक मुद्दा चलाईएको छ। प्रहरीले ट्राफिक नियम उल्लघन गर्नेलाइ कारबाही स्वरुप करोडौ जरीबाना असुल उपर गरे पनि सडक दुर्घटना घटेको छैन। बरु बढेको छ।यो प्रदेशमा एक बर्षको अवधीमा १ हजार २९ वटा सडक दुर्घटनाका घटना भएका थिए। ती दुर्घटनामा  ६ सय २३ जनाले ज्यान गुमाएका छन भने १ हजार ६४४ जना घाइते भएका छन।दुर्घटनाबाटमानवीय क्षतीसगै बर्षेनी करोडौको सम्पत्ती समेत नोक्सान भइरहेको छ।

प्रकाशित: २६ श्रावण २०७६ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App