७ वैशाख २०८१ शुक्रबार
समाज

चार दिनदेखि डोल्पामा सञ्चार सेवा प्रभावित

डोल्पा– चार दिनदेखि हिमाली जिल्ला डोल्पामा सञ्चार सेवा ठप्प प्रभावित बनेको छ।

बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोवाइल, सिडिइमए, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्द भएको हो। छिमेकी जिल्ला जुम्लाको चिमरा भन्ने लेकमा रहेको रिपिटर टावरमा चट्यांङ्क परेर ध्वस्त बनाए पछि सेवा अवरुद्द भएको नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय नेपालगन्जका प्रमुख सिवराज खनालले जानकारी दिए।

शनिबार नेपालगन्जबाट जुम्लाको हवाई उडान ढिला भएकाले समयमा प्राविधिक टोली  चट्याङ् परेको स्थानमा पुग्न ढिला भएकाले सेवा सुचारु गराउन समस्या परिरहेको खनालको भनाइ छ।

प्राविधिकहरु आवश्यक उपकरणसहित चट्याङ परेको स्थानतर्फ हिँडिसकेको कारण परीक्षण गरिसकेपछि समस्याबारे विस्तृत जानकारी हुने क्षेत्रीय प्रमुख खनालले बताए। उनले भने ‘प्राविधिक टोली उपकरणसहित सम्बन्धित क्षेत्रमा हिडिसकेकाले सम्भवत बेलुका सम्ममा सेवा सुचारु हुने छ।’

टेलिकमको सबै सेवा अवरुद्द भएपछि सेवाग्राही अहिले संचारविहीन बनेका छन। टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्द हुँदा जिल्लामा संचालित सञ्चार माध्यम बैङ्क तथा वित्तिय संस्था व्यापार व्यवसायमा ठूलो असर पुगेको जनप्रभा माद्ययमिक विद्यालय लिकुका प्रधानाध्यापक यामप्रसाद शर्मा गौतमले बताए।
 

प्रकाशित: २६ श्रावण २०७६ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App