८ वैशाख २०८१ शनिबार
समाज

मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव छैन्ः जबरा

काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यक्तामा जोड दिएका छन्। प्रधानन्यायाधीश जबराले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव नहुने भएकाले नै न्याय प्रणालीमा आवद्ध व्यक्ति र निकायको आपसी सहयोग, सहकार्य र क्रियाशीलतामा जोड दिनु परेको पनि स्पष्ट पारे।

सर्वोच्च अदालत बार एशोशिएशनले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्याय प्रणालीको सक्षमता र प्रभावकारिता त्यसमा आवद्ध निकाय र व्यक्तिहरुको सक्षमता, अन्तरसम्बन्ध र परिपुरकतामा आधारित आधारित हुने भएकाले कानुन र न्यायका क्षेत्रमा आएका नविनतम मान्यताहरुको जानकारी सम्बन्धित सबै पक्षमा हुन जरुरी रहेको पनि बताए।

प्रधानन्यायाधीश जबराले स्वतन्त्र, निष्पक्ष एवम् समक्ष न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्ने पनि बताए।

प्रकाशित: २६ श्रावण २०७६ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App