coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शैक्षिक संस्थामा हुने दलीयकरणको अन्त्य हुनुपर्छ : विवेकशील

काठमाडौं- विवेकशील नेपाली दलले शैक्षिक संस्थाहरूमा हुने गरेको दलीयकरणको अन्त्यको माग गरेको छ। दलका प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्ति प्रकाशन गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाए अनुरूप ट्रस्टीका माध्यमबाट कुलपति अनि अन्य पदाधिकारीको छनोट गर्न समेत अपिल गरेको छ। 

उनीहरुले दलीयकरणको आधारमा हुने विश्वविद्यालयको पदाधिकारी छनौटलाई खबरदारी अनि बहिष्कार गर्न समेत सम्पूर्ण राजनैतिक दल, विद्यार्थी, प्राध्यापक, नागरिक समाज लगायत सम्पूर्ण आम नागरिकहरूमा अपिल समेत गरेका छन्।

'स्वायत्त रहनुपर्ने विद्यालय अनि विश्वविद्यालयहरू चरम दलीयकरण, अझ गुटबन्दीको सिकार बनेको, अधिकांश क्याम्पस प्रमुखहरू भागबन्डामै बनाइएका छन्। फलस्वरूप, शिक्षा क्षेत्र नै धराशायी बनिसकेको छ। नेकपाको सरकारलाई यो सच्याउने राम्रो मौका छ। तसर्थ, हाल रिक्त रहेका पदहरूमा नमस्कार गर्दै माग्न आउनेहरूलाई होइन कि सक्षम व्यक्ति खोजेर निष्पक्ष प्रक्रियाको आधारमा नेतृत्व दिने मौका आएको छ। तर, सरकारले जसरी सात महिनादेखि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन लुकाएको छ। त्यसले सरकारले राम्रो भन्दा पनि हाम्रो नै मान्छे नियुक्त गर्ने बुझिएको छ। यो प्रक्रिया समाधान होइन, यो समस्या नै हो। हेक्का रहोस्', विज्ञप्तिमा भनिएको छ।

विवेकशील नेपाली दलले कुनै पनि हालतमा दलीय भागबन्डाका आधारमा विश्वविद्यालयका कुनै पनि पदमा नियुक्ति नगर्न खबरदारी समेत गरेको छ। साथै, विश्वविद्यालयको नेतृत्व अनि व्यवस्थापनमा योग्यता, क्षमता अनि उत्कृष्टताको आधारमा नेतृत्व चुन्न भन्दै प्रधानमन्त्री कुलपति अनि शिक्षामन्त्री सह - कुलपति हुने व्यवस्थाको अन्त्य गर्न पनि जोडदार माग गरेको छ।
 

 

प्रकाशित: २६ श्रावण २०७६ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App