८ वैशाख २०८१ शनिबार
समाज

महावीर पुन र डा. भगवान कोइराला पुरस्कृत

काठमाडौं- कार्यक्रममा मदन भण्डारी फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्याउउने महावीर पुन र स्वदेशमा जटिल मानिएको मुटुको शल्यक्रियाको थालनीकर्ता डा भगवान् कोइराला पुरस्तृकत भएका छन्। उनीहलाई राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गरिन्। विसं २०७१ र ०७२ को सो पुरस्कार जनही रु एक/एक लाखको छ ।

पुरस्कार कोषका संयोजक तथा एमालेका सचिव प्रदीप ज्ञवालीले समाजको विविध विधाका माध्यमबाट सकारात्मक परिवर्तनमा योगदान पुर्याउनेलाई पुस्कृत गरिँदै आएको जानकारी दिए।

फाण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता भण्डारीका योगदानलाई चिरस्थायी गराउन र समाजमा सकारात्मक योगदान गर्नेलाई सम्मानित गर्न पुरस्कार सञ्चालन गर्दै आएको बताए। कार्यक्रममा वैचारिक प्रकाशन ‘श्वेत शार्दूल’, ‘शार्दूल’, ‘श्रद्धाञ्जलि’ का साथै भण्डारीका भाषणमा आधारित सिडीको लोकार्पण गरियो भने कार्यक्रमस्थल नेपाल प्रज्ञा–प्रतिष्ठानमा भण्डारीका तस्बिरमा आधारित चित्रकला प्रदर्शनीसमेत गरिएको थियो। रासस

 

प्रकाशित: १४ असार २०७३ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App