coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बलाल्कार मुद्दा खारेजीले राहत

साओ पाउलो – पर्याप्त प्रमाण नभएको भन्दै ब्राजिलको अदालतले बलात्कारको आरोप खारेज गरेको विषयलाई उद्धृत गर्दै ब्राजिलका फुटबलर नेइमारले राहत मिलेको बताएका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डलाई यसअघि बलात्कारको आरोप लागेको थियो। तर साओ पाउलोको अदालतले पर्याप्त प्रमाण नभएको भन्दै नेइमारको मुद्दालाई खारेको गरेको थियो।

‘आउँदा दिनमा अनुशासित हुनेछु र खुसी भएको छु भन्न चाहन्छु। राहत मिलेको छ,’ नेइमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्। नेइमारविरुद्धको मुद्दा गत जुनदेखि अदालतमा विचाराधीन  थियो। केही महिनाअघि मात्र ब्राजिलको सुरक्षा निकाय पुलिसले पर्याप्त प्रमाण भेटाउन नसक्ने भन्दै मुद्दा बन्द गरेको थियो। 

गत मे महिनामा पेरिस होटलमा ब्राजिलकी महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। तर उक्त आरोपलाई नेइमारले अस्वीकार गर्दै आएका थिए। न्यायाधीस अना पाउल भिइरा डे मोरेजले पर्याप्त प्रमाण नपुगेकाले मुद्दा खारेज गरेको जानकारी अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई दिएका थिए। आरोप लागेका नेइमारले बलात्कारको आरोपका कारण धेरै तनाव भएको भन्दै कहिल्यै पनि नभुल्ने जनाए। ‘विगत केही समयदेखि मलाई तनाव भएको थियो। म सँगै मेरो परिवार र मेरा शुभचिन्तकलाई चिन्ता परेको थियो।’

‘अगाडि बढिरहेका मान्छेको खुट्टा कसरी तानिँदो रहेछ भनेर थाह भयो। राम्रो काम गर्दा गर्दै पनि कहिलेकाहीं खराब नतिजा देखिने रहेछ,’ नेइमारले थपे। अनुसन्धानकर्ता फ्लाभिया मेरिलिनले प्रमाण भेटाउन नसक्दा पिएसजीका खेलाडी नेइमारमाथि थप अनुसन्धान नहुने जनाएकी थिइन्। ‘बन्द कोठाभित्र के भएको थियो पत्ता लगाउन कठिन हुन्छ। ती महिलाले नेइमारविरुद्ध केही शब्द बोलेकी छिन्,’ मेरिलिनले भनिन्, ‘एथेस्ट प्रमाण हामीलाई भेटाउन गाह्रो हुन्छ भन्दै हामीले यो मुद्दालाई बन्द गर्ने निर्णय गरेका हौं।’ तर प्रमाण नभेटिएको भन्दै मुद्दा खारेज हुने विषयले समानता नदिएको मेरिलिनले बताएकी छिन्। ‘यो मुद्दा कुनै समय बल्झिन सक्छ। एथेस्ट प्रमाण भेटिएपछि यो मुद्दा ब्युँतिन सक्छ,’ मेरिलिनले थपिन्।

प्रकाशित: २६ श्रावण २०७६ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App