६ वैशाख २०८१ बिहीबार
खेल

सिटीको सुखद सुरुआत

लन्डन – रहिम स्टर्लिङको ह्याट्रिकप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले शनिबार वेस्ट ह्यामलाई ५–० ले हराउँदै इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ। २५औं मिनेटमा ग्याब्रियल जिससको गोलमा सिटीले खाता खोलेको थियो। दोस्रो हाफ सुरु भएको छैटांै मिनेटमै स्टर्लिङले सिटीको अग्रता दोब्बर पारेका थिए। ७५औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–० मा पु¥याएका थिए। खेल सकिन अन्तिम ४ मिनेटमा थप २ गोल गर्र्दै सिटीले रबाफिलो जित पक्का गरेको थियो।

८६औं मिनेटमा सर्जिगो अग्विरोले पेनाल्टीको सदुपयोग गर्दै सिटीको अग्रता बढाएका थिए। खेलको अन्तिम मिनेटमा स्टर्लिङले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५–० मा पु¥याएका थिए। यसअघि लिभरपुलले शुक्रबार नवप्रवेशी नर्विचमाथि ४–१ को सहज जितका साथ यस सिजनको इङ्लिस प्रिमियर लिगमा गतिलो सुरुआत गरेको थियो।

नर्विचका कप्तान ग्रान्ट हान्लेको आत्मघाती गोलमा अग्रता लिएको लिभरपुलले मोहम्मद सालाह, भर्जिल भान डिजिक र डिभोक ओरिगीको गोलमा पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा टेमु पुकीको गोलमा नर्विचले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

३० वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि खडेरी तोड्ने लक्ष्यमा रहे पनि लिभरपुल गत सिजन साबिकको उपविजेता म्यानचेस्टर सिटीसँग १ अंकले पछि पर्दै उपविजेतामा सीमित बनेको थियो। यस क्रममा लिभरपुलले प्रिमियर लिगका अन्तिम ९ खेलमा शतप्रतिशत नतिजा ल्याएको थियो। यद्यपि योर्गान क्लोपको टोलीले टोटेनह्यामलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधिका साथ सिजनको सुखद अन्त्य गरेको थियो।

क्लोपले साडियो मानेलाई बेन्चमा राख्दै लिभरपुललाई छैटौं च्याम्पियन्स लिगको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका डिभोक ओरिगीलाई पहिलो रोजाइमा राखेका थिए। सातौं मिनेटमा हान्लेको आत्मघाती गोलमा लिभरपुल खेलमा अघि बढेको थियो। ओरिगीको क्रस रोक्ने क्रममा बलले हाल्नेलाई छुँदै पोस्टको दिशा लिएको थियो। १९औं मिनेटमा सालाहले रोबेर्टो फिर्मिन्होको पासलाई जाली चुमाउँदै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। सालाह गत दुई सिजनका गोल्डेन बुट विजेता हुन्। त्यसको ९ मिनेटपछि नै लिभरपुलले आफ्नो अग्रता बढाएको थियो। सालाहको कर्नर प्रहारमा अनमार्क रहेका भर्जिल भान डिजिकले बललाई हेडमार्फत पोस्टको दिशा दिएका थिए।

तर पहिलो हाफमै नियमित गोलकिपर एलिसन चोटका कारण मैदानबाट बाहिरिँदा भने लिभरपुललाई सुखद सुरुआत पनि खल्लो बन्न पुग्यो। कुमको चोटका कारण उनी ४ साता मैदानबाहिर बस्ने बताइएको छ। उनको स्थानमा दोस्रो रोजाइका गोलकिपर एड्रियानले लिभरपुलको पोस्ट सम्हालेका थिए। बिहीबार मात्र लिभरपुलमा अनुबन्धित भएका एड्रियानले क्लबबाट डेब्यु गरेका हुन्।

‘खेलको नतिजाले हाम्रो प्रदर्शन झल्काउँछ। यो सुखद सुरुआत हो तर एलिसनको चोट हाम्रा लागि खल्लो बन्यो,’ क्लोपले भने, ‘बुधबार इस्तानबुलमा चेल्सीविरुद्ध हुने युइएफए सुपर कपमा एलिसन नखेल्ने पक्का भएको छ। उनको चोट कति गम्भीर हो भन्ने थप परीक्षणपछि मात्र सार्वजनिक गर्नेछांै। उनी करिब ४ साता मैदानबाहिर बस्ने सम्भावना छ।’ मध्यान्तर हुन ३ मिनेट बाकी हुँदा ओरिगीले लिभरपुलको अग्रता ४–० मा पु¥याएका थिए। दोस्रो हाफमा जोर्डन हर्नान्डेजको प्रहार पोस्टमा लागेर फर्कनुका साथै फिर्मिनोको प्रहार बारमा लाग्नु र सालाहको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा लिभरपुलले अग्रता थप फराकिलो पार्ने अवसर गुमाएको थियो। ६४औं मिनेटमा पुकीले नर्विचलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।खेलको अन्तिम मिनेटमा स्टर्लिङले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५–० मा पु¥याएका थिए।

 

प्रकाशित: २६ श्रावण २०७६ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App