८ वैशाख २०८१ शनिबार
अर्थ

भ्रमण वर्ष लक्षित होटल

धम्बोझी, – ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ। बर्दियामा पाटे बाघ, गैंडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन्।

भ्रमण वर्षलाई लक्षित गर्दै बर्दियाको मधुवन नगरपालिका–१ स्थित पत्थरबोजीमा करीब दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालनमा आउन लागेको हो। करिब १० करोडको लागतमा निर्माणाधीन यस रिसोर्ट सन् २०२० को जनवरीदेखि सञ्चालनमा आउने भएको हो।

भ्रमण वर्षलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको युटोपियन अप्लन्स नेपाल प्रालिद्वारा निर्माण हुँदै गरेको गेरुवा रिभरसाइड रिसोर्टका प्रबन्धक कुमार खड्काले बताए। गेरुवा रिभरसाइट रिसोर्ट बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोर पनि नजिकै पर्ने भएकाले आगन्तुकको रोजाइमा रहने खड्काले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज स्थानमा निर्माण कार्य तीव्र गतिमा भइरहको छ। भ्रमण वर्षलाई लक्षित गरेर नै यस क्षेत्रमा होटल र रिसोर्ट निर्माण कार्य यस क्षेत्रमा भइरहेका छन्। बर्दिया निकुञ्ज र आसपासका दर्जनभन्दा बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका हुन्छन्। पाटे बाघ अवलोकनका लागि यस निकुञ्जलाई देशमा मात्र होइन, विश्वमा नै प्रसिद्ध मानिन्छ। यस क्षेत्रमा थारु बाहुल्य रहेकाले यस संरक्षित क्षेत्रभन्दा बाहिर थारु संस्कृतिको सम्पूर्ण झल्को समेत देख्न पाइन्छ।

निकुञ्ज र आसपासका क्षेत्रमा पाटे बाघसँगै एकसिंगे गैंडा र हात्तीहरु दैनिकजसो देखिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया पर्ने गरेको छ। निर्माणाधीन होटलमा स्थानीय परिकार साथै थारु खानाका परिकारका साथ टेन्ट क्याम्प्प, -याफ्टिङको समेत सुविधा रहने उनले बताए।रासस

प्रकाशित: २६ श्रावण २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App