७ वैशाख २०८१ शुक्रबार
राजनीति

सहमतिबाटै कांग्रेसका अन्तरिम संरचना

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको हो।

आइतबार बिहान पुनः बस्ने बैठकले त्यसलाई अन्तिम रूप दिने समझदारी गरेका नेताहरूले समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने समझदारी गरेका छन्। नेतृत्व चयन भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने नेताहरूबीच समझदारी बनेको छ। अन्तरिम संरचना निर्माणका विषयमा छलफल सकारात्मक भएको बताउँदै नेता रामचन्द्र पौडेलले भने, ‘केही कुरा मिलाउन बाँकी छ। त्यसलाई बिहान फेरि बसेर टुंगो लगाउँछौं।’

पार्टी सहमहामन्त्री प्रकाशशरण महतले अन्तरिम संरचना निर्माणको विषय टुंगो लाग्नेतरि उन्मुख भएको बताए। आइतबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट अन्तरिम संरचना गठन निर्देशीका टुंगो लगाउने तयारीमा रहेको उनले जानकारी दिए। अन्तरिम संरचना गठनलाई लिएर कांग्रेस नेताहरू एक महिनादेखि रुमलिँदै आएका छन्।

प्रकाशित: २६ श्रावण २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App