७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालयमा भूकम्पप्रतिरोधी भवन

खोटाङ – सरस्वती माविमा भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)को आर्थिक सहयोगमा सो विद्यालयको चार कोठा रहेको दुईतले भवन निर्माण गरिएको हो।

आर्थिक वर्ष २०७५÷७६ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट प्राप्त ६९ लाख ११ हजार ६ सय ५२ र विद्यालयको १० लाख ४४ हजार ७४ रुपैयाँ गरी ७९ लाख ५५ हजार सात सय २६ रुपैयाँको लागतमा निर्माण गरएको आरसिसी भवन शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले उद्घाटन गरेका छन्।

करिकुलम बेस्ड (पाठ्यक्रममा आधारित शिक्षण सिकाइ) शिक्षण विधि अपनाउन सुरु गरेपछि सरस्वती माविमा केही वर्षयता विद्यार्थीको आकर्षण बढेको छ। २००९ सालमा स्थापित सो विद्यालयमा विद्यार्थीको चाप बढेकाले यस शैक्षिक सत्रदेखि इन्ट्रान्स लिनुपरेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए। भौतिक पूर्वाधारका हिसाबले सम्पन्न सो विद्यालयलाई संघीय मन्त्रिपरिषद्को बैठकले जिल्लाकै नमुना विद्यालयको रूपमा छनोटसमेत गरेको छ।

प्रकाशित: २६ श्रावण २०७६ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App