विप्लव क्रान्तिकारीले शैक्षिक माफियामाथि कारवाही गर्ने

शनिबार, २५ साउन २०७६, २१ : १४ नागरिक संवाददाता

महेन्द्रनगर– विप्लव निकट अखिल क्रान्तिकारी सेती–महाकालीले शैक्षिक माफियाको नामावली सार्वजनिक गरेर आवश्यक कारवाही गर्ने जनाएको छ। क्रान्तिकारी सेती महाकालीद्वारा जारी प्रेस विज्ञप्तीमा शैक्षिक माफियाको नामावली सार्वजनिक गरेर आवश्यक कार्वाही गर्ने जनाएको छ। 

त्यसका लागि संयुक्त विद्यार्थी संगठनसंग समेत सहकार्यका लागि आह्वान गरेको छ। यस्तै क्रान्तिकारीले असोज मसान्तसम्ममा कम्युनिस्ट विद्यार्थी अभियान २, संचालन गर्ने, सुदूरपश्चिम विश्वविद्यालयमा भैरहेको अनियमितता, राजनीतिक भागबण्डा र त्यहाँ भएका शैक्षिक समस्याकालागि संघर्ष गर्ने, साथै कैलाली बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजनकालागि संघर्ष गरिने जनाएको छ।

क्रान्तिकारीले निजी शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा असुल भैरहेको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिइने शुल्कका विरुद्धमा संघर्ष र कारवाहीको चेतावनी दिएको छ।

क्रान्तिकारीले निजी शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा असुल भैरहेको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिइने शुल्कका विरुद्धमा संघर्ष र कारवाहीको चेतावनी दिएको छ। 

‘सरकारी विद्यालयमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिइँदै आएको चर्को शुल्कका साथै प्रधानाध्यापक अध्यापक र व्यवस्थापन अध्यक्षहरुले गरिरहेका भ्रष्टाचार, सेती प्राविधिक शिक्षालय दिपायलमा भएका विकृति र विसङ्गतीका विरुद्धमा संघर्ष गरिनेछ, विज्ञप्तीमा उल्लेख गरिएको छ। 

यातायातमा विद्यार्थीले भाडादरमा पाउने ४५.५ छुट कार्यान्वयनका लागि पहलकासाथै सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा जागरण अभियान संचालन गरिने जनाएको छ। अखिल क्रान्तिकारी सेती महाकालीका संयोजक बिरेन्द्र शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा विद्यार्थी सङ्गठनका नेताकार्यकर्ता माथि भैरहेको प्रतिबन्धित व्यवहार, दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने, झुठो मुद्दामा फसाउने बिरुद्ध व्यापक भन्डाफोर गर्दै संघर्ष संचालन चेतावनी दिइएको छ। 

जनमोर्चाले स्थानीय तहकोे अनियमिता अनुगमन गर्ने

यता राष्ट्रिय जनमोर्चा कञ्चनपुरले स्थानीय तहमा हुने अनियमिताको अनुगमन गर्ने जनाएको छ। जनमोर्चा कञ्चनपुरको बैठकपछि निकालिएको प्रेस विज्ञप्तीमा स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको ठेगान गर्दै, तत्तकाल स्थानीय समिति मार्फत स्थानीय तहका कामको अनुगमन गर्ने जनाएको हो।  

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश दत्त जोशीले केही स्थानीय तहका केही वडा र कार्यालयमा भइरहेको आचाक्ली भ्रष्टाचार बिरुद्ध जनमोर्चाले बिरोध सभा गर्ने समेत बताए। उनका अनुसार भदौँमा स्थानीय तहको भ्रष्टाचारको विषयमा भ्रष्टाचार बिरोध सभा गरिने छ।

विद्यार्थी नेता समेत रहेका जोशीले सुदूरपश्चिममाञ्चल विश्वविद्यालय भित्र भइरहेको बेथिति बिरुद्धमा समेत जनमोर्चाले अध्ययन गर्ने बताए। यस्तै जनमोर्चा कञ्चनपुरले जिल्लामा मलखाद अभावका साथै शान्ति सुरक्षाको विषयमा समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत भएको छ। 

हावाहुरी पीडितको उचित व्यवस्थापन राहतको प्रबन्ध मिलाउन समेत माग गरेको छ। जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए। बैठकमा जनमोर्चाका नेताहरुले सरकारी कार्यालयमा हुने भ्रटाचार, अनियमिता र ढिलासुस्ती मात्रै रोक्न सके त्यसबाट जनतालाई राहत पुग्ने छलफल गरेका थिए। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad