coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्ग खुल्यो

ओखलढुंगा– एक महिनाअघि बर्षातसँँगैको गएको पहिरोका कारण अवरुद्ध भएको सिद्धिचरण लोकमार्ग शनिबारबाट सूचारु भएको छ। कटरी–घुर्मी सडक खण्डको ठाटिभञ्ज्याङ्गमा भएको अवरोध हटेसँगै सवारी सूचारु भएका हुन्। वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो छ।

ठाटिभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकोले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सुचारु भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाईजन कुमार प्याकुरेलले बताए। उदयपुरको कटारी हुँदै तराईबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बु आवतजावत गर्ने साना तथा ठूला सवारी सञ्चालन भएको प्याकुरेलको भनाई छ। 

कटारी–घुर्मी सडक खण्ड खुले संगै प्रदेश नम्बर १ को माथिल्लो तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धन लगायत सामग्रीहरु ढुवानी सुरु भएको छ। यी जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धन लगायतका सामग्रीहरु सिद्धिचरण लोकमार्गबाटै भित्रिने गर्दछ। सिद्धिचरण लोकमार्ग तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य राजमार्ग हो। अवरुद्ध हुँदा यी जिल्लामा बर्दिवास–सिन्धुली–खुर्कोट हुँदै सामान तथा यात्रु आवत गर्नुपर्ने बाध्यता थियो। 

प्रकाशित: २५ श्रावण २०७६ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App