४ वैशाख २०८१ मंगलबार
राजनीति

‘इतिहासको चक्का पछाडि धकेल्न खोज्ने रछानमा मिल्काइनेछन्’

फाइल तस्बिर ।

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिवर्तनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन्।

उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवाहरू अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए। ‘इतिहासको चक्का निरन्तर अगाडि बढ्छ,’ उनले भने, ‘पछाडि धकेल्न चाहनेहरू इतिहासको रछानमा मिल्क्याइनेनै गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन।’

उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागिनै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे।

प्रकाशित: २५ श्रावण २०७६ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App