सपना र विज्ञान

शनिबार, २५ साउन २०७६, ११ : ११ जितेन्द्र रसिक

पृथ्वी बहादुर र प्रकृतिकुमारीको कोखबाट  क्रमशः दुई जना छोरी र एक जना छोरा जन्मिइन्।  उनीहरू बिस्तारै हुर्कदै गए।  जेठी छोरीको नाम सपना थिइन्।  अर्की छोरीको नाम विपना थिइन् र अन्तिममा जन्मेको छोराको नाम विज्ञानकुमार थियो।   यी तिनै जना दिदी, बहिनी र भाइ एक आपसमा खुब मिल्दथे।  तर तिनै जनाको स्वभाव भने फरकफरक थियो।  उनीहरूका बाबाआमा पनि ज्ञानी छोराछोरी पाएकाले निकै खुसी थिए।  शिक्षादिक्षा हासिल गर्दै जाने क्रममा सपनाले सपनाकै विषयमा विद्यावारिधि गरिन्।  विपनाले पनि विपनाकै विषयमा विद्यावारिधि गरिन्।  विज्ञानकुमारले पनि विज्ञान विषयमा नै विद्यावारिधि गरे।

सबै सन्तान एकाएक विद्वान भएकाले उनीहरूका पिता पृथ्वीबहादुर र माता प्रकृतिकुमारी निकै खुसी थिए।  घरमा फरकफरक क्षमता भएका छोराछोरी पाएर पृथ्वीबहादुर मक्ख परेका थिए।  प्रकृितकुमारी पनि आफ्ना सन्तानको क्षमता देखेर दङ्ग थिए।  एक दिन सबै परिवार भेला भएको मौका पारी सपना, विपना र विज्ञानलाई उनीहरूका बाबा र आमाले भनिन् ,‘हामी तिमीहरू जस्तो क्षमतावान् छोराछोरी पाएर निकै खुसी छौं।  अब यो घर तिमीहरूले नै सम्हाल्नु पर्छ।  किनकि यो घरमा तिमीहरू सबैको समान अस्तित्व छ। ’
  तिनै जनाले बाबाआमाको कुरालाई शिरोधार्य गरे।

समय बित्दै गयो।  
सपनाको जागिर थियो निद्रामा परेका मानिसहरूलाई सपना बाँड्नु।  विपना सबै प्राणीलाई विपनाको बसमा राख्नु र विज्ञानले मानिसलाई नयाँनयाँ प्रविधिको विकास गरेर सघाउनु।    
    
सपना मध्य रातमा गाउँगाउँ डुल्दै थिइन्।  मस्त सुतेका मानिसहरू सपनालाई देख्न तँछाडमछाड गर्दै थिए।  सबैको मायावी बनेर उनी मानिसको निद्रामा घुस्दै मान्छेलाई सपना बाँड्ने कर्ममा निपुण थिइन्।  मानिसहरू बिउँझिएपछि पनि उनकै गुणगान गाउने गर्थिन्।  कतिले त गाली पनि गर्थिन् सपनालाई।  

कसैले भने उनलाई भुल्थिन् पनि।  मान्छेअनुसारको सपना देखाउँदा देखाउँदै सपनाको रात छर्लङ्ङ बित्ने गर्दथ्यो।  दिनमा भने विपना जागेपछि सपना अलप हुन्थी।  तर, दिउँसै सुत्ने अल्छी मानिसहरूले उनलाई जबरजस्त सपना बुन्न लगाउँथी।  त्यसैले दिउँसै उनलाई हेर्ने आँट गर्ने मानिसदेखि भने उनलाई पनि दिक्क लाग्दथ्यो।  तर, सपना देखाउनु उनको कर्म थियो।  पृथ्वीका सारा जीवलाई सपना देखाउँदै हिँड्ने उनको कर्म सपनाले बफादार भएर गर्दैै आइरहेकी थिइन्।  कर्मको दौरानमा सपना, विपना र विज्ञान आआफ्नै कर्म क्षेत्रमा लागेको धेरै काल बित्यो। 

एक रात सपना मान्छेलाई सपना बाँड्दै थिइन्।  सपना बाँड्न सकेर अब घर जानु प-यो भन्दै खुइइय्य गर्दै घरतर्फ जाँदै थिइन्।  आकाशबाट तेजले ज्वाला निकाल्दै एउटा विमान उनी भएतिरै आयो।  विमान नजिकै ग्राउन्डमा ल्यान्ड भयो।  रात सकिनै लागेको थियो।  एक जना पुरुष मान्छे जहाजबाट फुत्त निस्क्यो।  उनको सुटकेस तान्ने र सामाग्री बोक्ने मान्छे देखेर सपना छक्क परे।  जहाजबाट झरेका पुरुषसँग आएका मानिसहरू भिन्न अनुहारका थिए।  उनीहरूको बोलीचाहिँ मान्छेको जस्तै थियो तर फरक।  पुरुषले सपनालाई देख्नासाथ परैबाट चिच्यायो, ‘ओहो सपना दिदी, यति राति कहाँबाट आउनु भएको ?’ नजिकै आएका ती पुरुष आफ्नै भाइ विज्ञानकुमार पो रहेछ।  ओहो मेरो भाइ कति वर्षपछि भेट भयो भन्दै सपनाले खुसी व्यक्त गरिन्।  म त कामबाट फर्कर्दै हो विज्ञान।  अनि तिमी त खबरै नगरी आएछौ।

अँ दिदी हेर्नु त उनीहरूचाहिँ रोबोट।  मेरो सहयोगीहरू।  मैले नै विकास गरेको हुँ यिनीहरू।  रोबोर्टले नमस्कार दिदी भन्दै प्रणाम गरे।  तर यिनीहरू त प्राकृतिक मान्छे होइनन् नि विज्ञान।  यतिकैमा रोबोर्टले जवाफ दियो ‘हामी रोबोर्ट हौ रोबोर्ट दिदी’ उनीहरू आफैले सपनालाई बुझाइन्।  

हजुर दिदी उनीहरू रोबोर्ट हुन्।  मेरो सहयोगीहरू।   विज्ञानले भन्यो।  यो विज्ञानको विकास हो।  अब सबै काम हामीले गर्नै पर्दैन।  यी रोबोटहरूले गर्छन्।  हामीले आदेश मात्रै दिनुपर्छ।  सबै काम यिनीहरूले नै गर्छन्।  रोबोर्टले पनि आफूहरू विज्ञानको सहयोगी भएको बताए।  रोबोर्टको हातमा विभिन्न सामाग्रीका झोला थिए भने अर्को रोबोर्ट व्रिफकेस गुडाउँदै थियो।  

उनीहरू घरमा पुगे।  विज्ञानलाई देखेर विपना पनि निकै खुसी भइन्।  उनका बाबाआमा पनि धेरै समयपछि सबै परिवार घरमा भेला हुँदा निकै खुसी भए।  विज्ञानले आफूले विश्वमै प्रविधिको विकास गरेर मानिसलाई निकै सहज बनाइदिएको बताए।  अब विज्ञानभन्दा ठूलो ब्रम्हाण्डमा अरू हुनै नसक्ने उनले दावी गरे।  तर सपनालाई भाइले गरेको कुरा चित्त बुझेन।  ससारमा विज्ञान सबैभन्दा ठूलो हुनै नसक्ने सपनाले तर्क गरिन्।  तर विज्ञान सपनाको कुरा मान्न तयार भएनन्।  उनले विज्ञानभन्दा ठूलो केही हुन नसक्ने ठोकुवा नै गरे।  उनले घरमा सबै सदस्यलाई विज्ञानको अविष्कार गर्ने वैज्ञानिक नै सबैभन्दा ठूलो हुने भएकाले सबैले आफूलाई आदर गर्नु पर्ने निर्देशन दिन थाल्यो।  विज्ञान देखाएको त्यो घमन्ड उनको बाबुआमालाई पनि पटक्कै मन परेन।  बाबुआमाले छोरा विज्ञानलाई सम्झायो।  तर उनको घमन्डले सीमा नाघिसकेको थियो।  बाबुआमाको कुरालाई पनि उनले बेवास्ता ग¥यो।  दिदी सपनाले भाइको घमन्ड देखेर उनको परीक्षा लिने विचार मनमनै गरिन्।

उनले भाइलाई सहानुभूति दिँदै भने, ‘भाइ, तिमी बढी घमन्ड नगर।   म पनि मेरो क्षेत्रमा धेरै शक्तिशाली छु।  तिमी आफै ठूलो हुँ भन्ने घमन्ड गर्दै नगर।  हेर, मानिसले सपना देखेनन् भने तिम्रो विज्ञान सम्भव छैन।  तिम्रो हरेक सफलतामा तिमीले देख्ने सपना र विपनाको उतिकै हात हुन्छ।  अनि विपना दिदीको पनि उतिकै शक्तिशाली छ।  विपना र सपनाको संयोजन नभएको भए विज्ञानले पूर्णता पाउने नै थिएन।  त्यसैले तिम्रो विज्ञानको सिर्जनामा  दिदी र मेरो संयोजन छ।  सपनाले अझै तर्क दिइन्। 

‘हेर विज्ञान, तिमी आफूलाई सबैभन्दा शक्तिशाली छु र मान्छे सबैलाई आफ्नो बसमा राख्न सक्छु भन्ने घमन्ड गछौं भने लौ त, मैले मान्छेलाई देखाएका सपना तिम्रो कम्प्युटरमा कपी गर।  अनि सबैले आफूले देखेको सपना रेकर्ड गरी पेनड्राइभमा कपी गर्न सक्ने प्रविधि बनाउन  त सक्छौ ? लौ बनाएर देखाऊ त ! अनि मात्र म तिमीलाई ठूलो मान्छु।  विज्ञान एकैछिन घोरियो।  हुन पनि मान्छेले देख्ने सपना कैद गर्ने कुनै उपकरण बनेको छैन र बन्ने सम्भव पनि देखेन विज्ञानले।  ऊ मनमनै आफूले घमन्ड गरेकोमा पछुतायो।  हो त मैले अझै काम गर्न धेरै बाँकी रहेछन्।  बेकारमा घमन्ड गरेछु।  उनले बाबु,आमा र दिदीहरूसँग माफी मागे।  सपना दिदीले गरेको सपनाको कुरा विज्ञान प्रविधिले कैद गर्न सक्ने प्रविधि बनेको छैन भने मैले आफूले आफैलाई ठूलो ठान्नु बेकार रहेछ।  

दिदीभाइको तर्क सुनिरहेका उनीहरूका बाबा पृथ्वीबहादुरले मौनता चिर्दै बोले,‘हो विज्ञान तिमीले घमन्ड गर्न सुहाउँदैन।  मान्छेले पहिले कुनै पनि काम गर्न कल्पना शक्ति अर्थात् सपना देख्नै पर्छ तब मात्र त्यो काम पूरा गर्ने गोरेटो कोरिन्छ।  तिमीहरू तिनै जनाले कहिल्यै घमन्ड गर्नु आवश्यक छैन।  तिमीहरूको महत्व सबै मानिसको जीवनमा बराबर छ।   असल मानिसले कर्ममा मात्र विश्वास गर्छन्।  घमन्ड कहिल्यै गर्दैनन्।  बाबाको कुरा सुनेर सबैलाई चित्त बुझ्यो।  विज्ञानले पनि दिदीहरूसँग माफी माग्यो।  आमा प्रकृति यो सबै देखेर खुसी भए। 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad