६ वैशाख २०८१ बिहीबार
अन्य

मचान

सबैको आँखा छल्दै उसलाई हेर्न रमाइलो लाग्छ। जति हेरे पनि आँखा थाक्दैनन्। जति उसलाई सोचे पनि मनले कहिल्यै पूर्णविराम लिँदैन। एकसरो हेरिराख्न मन लाग्छ। एकान्तमा उभ्याएर निचोर्न मन लाग्छ। यो कस्तो प्रेम हो ? थकाइ पनि नलाग्ने। कसैको डर पनि नलाग्ने ! मेरो मनको कुरा कसलाई नै थाहा छ र यहाँ ? म कसैसँग किन डराऊँ ? उसलाई प्रेम गर्नु मेरो अधिकार हो। उसको सामीप्य अनुभव गर्नु मेरो शरीरको जायज माग हो। मैले उसको मन मात्र त चोरेकी हुँ नि। त्यसैले म अपराधी होइन। यौवनको कलकलाउँदो उच्छवासमा मैले सबैभन्दा बढी उसैलाई चोरेकी हुँ। त्यसैले त ऊ मसँग जिस्किन्छ, ‘तपाईँ मलाई चोर्ने चोर।’
अहँ, म चोर होइन। उसको सामान चोरेकी छैन भने कसरी म चोर भएँ ?

मचान (हावा लाग्ने गरी आलु, प्याज र लसुन राख्न काठ वा बाँसले बनाइएको पहिलो तल्ला) मेरो मन पर्ने ठाउँ। ऊसँग एकाकार हुने ठाउँ। म सताइस वर्षकी गोरी, गोलो अनुहार, मिलेको जिउ, जवानीले ओतप्रोत। ऊ उन्नाइस वर्षको ठिटो। उसले मलाईँ तपाईँ भन्छ। म उसलाई तिमी भन्छु। म कति गतिछाडा आइमाई हुँ ? देवर पर्ने ठिटोलाई तिमी भन्छु। मेरो अर्धनग्न जिउसँग खेल्ने स्वीकृति मैले नै उसलाई दिएकी। उसको तातो सासमा मेरो कुण्ठित इच्छालाई खर्लप्प निल्ने रहर मैले नै जगाएकी हुँ।

उसको स्पर्शले मलाई अनौठो काउकुती लाग्छ। सहनै नसक्ने गरी छटपटाउँछु म। उसको तातो सास मेरो छटपटिले बिथोलिएको सासमा मिल्छ। निःशब्द मिल्छ। ऊ बिस्तारै मेरो ब्लाउज खोल्छ। आँखा चिम्लन्छु। गर्धनमा चुम्बन गर्छ। म बेहोसीमा लतपतिन्छु। मेरो अङ्गअङ्गमा चुम्बन गर्छ उसले। उसको चुम्बनले ढुकढुकी बेजोडले बढछ। उसलाई रोक्ने प्रयास गर्दिनँ। मेरो जिउबाट निस्किने तृष्णा कतै पानीमा नुहाएर ओतप्रोत भइरहेको हुन्छ। उसलाई म रोक्न चाहन्नँ। पटक्कै रोक्न चाहन्नँ। उसले विस्तारै मेरो पेटीकोट खोल्छ। म नग्न हुन्छु। उसले खोलिदिएको ब्लाउज तानेर छातीमा राख्छु र छोपेको जस्तो गर्छु आफ्ना दुई पोटिला स्तनहरू। उसलाई यो कुरा पटक्कै स्वीकार्य लाग्दैन। उसले मेरा पोटिला स्तनबाट ब्लाउज हटाएर पर फालिदिन्छ। म निस्फिक्री र निर्लज्ज तरिकाले नाङ्गिन्छु। अब म ब्लाउजसम्म पुग्न सक्दिनँ। मलाई पनि कहाँ छोप्नु थियो र आफ्ना पोटिला स्तनहरू ? छोप्ने नाटक पो गरेकी थिएँ।

ऊ मेरो जिउमा चुम्बन गर्न थाल्छ। उसलाई म सघाउन थाल्छु। मेरो जिउ काँपिरहेको हुन्छ अनौठो डरले। त्यही छटपटी शान्त गरिरहेको हुन्छ उसले। हामी दुवैको जिउ तातो हुन्छ। हाम्रो सास एक हुन्छ। ऊभित्र म र मभित्र ऊ हराउँछौं। मेरो जिउसँग ऊ मनपरी ढंगले खेल्न थाल्छ। यसरी उसले खेलेकोे मलाई मन पर्छ। जिउको कुनाकुनामा स्पर्श गर्छ। उसको स्पर्शको छालमा म बगिरहेकी हुन्छु। ऊ मेरो जिउमा आगो लगाइरहेको हुन्छ। म पानी बनेर उसको आगो शान्त पारिरहेकी हुन्छु। उसको स्पर्शले मेरो जिउभरिका नसा काँप्न थाल्छन्। उसलाई कसेर समात्छु। रक्तसञ्चारको गति तीव्र हुन्छ। उसले मनपरी तरिकाले मेरा अङ्गअङ्ग निचोर्छ। म पनि उसको जिउभरि चुम्बन गर्छु। वर्षौवर्षको तिर्खा आधा घन्टामा शान्त हुन्छ। उसलाई छोड्न मन कहाँ थियो र ? तर, के गर्ने ? मेरो बाध्यता नै त्यस्तै थियो। उसलाई लुगा लगाएर ‘अत से जो’ भनेँ। म पनि हतारमा लुगा लगाउँदै तल झरेँ मचानबाट।

ऊ पनि डराउँदै यताउति हेर्दै मचानबाट झर्दै गयो। मेरो ओठ, मुख सुकिसकेको थियो। धन्य प्रभु ! कोही थिएनन् आँगनमा। बाख्राहरू म्याँम्याँ गर्दै कराए मलाई देखेपछि। ढाकीमा भएको घाँस बाख्राको अगाडि राखिदिए। खाएर बाख्रा शान्त भए।  

मेरो बिहे भएको छ महिना भएको थियो। बिहे हुनुभन्दा अगाडि लोग्ने कतारमा बस्थे। बिहे गर्नको लागि तीन महिनाको बिदा लिएर आएका थिए उनी। बिहेपछि तीन महिना मसँगै बसे। बिदा सकेपछि उनी फेरि कतार फर्किए। उनको घरमा म र उनका बाआमा बस्थ्यौँ। मलाई उनको बानी परिसकेको थियो। उनी गइसकेपछि मलाई अत्यास लाग्थ्यो। अनौठो छटपटी लाग्थ्यो। दिन जसोतसो काट्थेँ तर रात बिताउन मलाई सकस हुन्थ्यो। मैले आफ्नो जिउलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ। उनको स्पर्शको अनुभव गर्न आतुर हुन्थेँ। मेरा इन्द्रीयहरू अनियन्त्रित हुन्थेँ। आफ्नै लोग्नेदेखि मलाई रिस उठ्थ्यो।

‘मसँग बस्दै नबसेपछि किन मसँग बिहे ग-यो मोरोले ? मलाई घरमा थन्काएर आफू चरो जस्तो उडेछ, कुत्ता !’ भन्दै म उनलाई मनमनै गाली गर्थेँ। उनलाई सम्झिन पनि मलाई मन पर्दैनथ्यो। टोलका एक जना देवर दुःखीया मेरो घर आइरहन्थ्यो टिभी हेर्न। मेरो माइती लतियाही गाउँमा भएकाले उसले मलाई लतियाहीवाली भाउजू भन्थ्यो। ऊ मेरो भाइजस्तै लाग्थ्यो मलाई– निर्दोष, भोलाभाला र सिधासाधा। तर, कहिलेदेखि उसलाई हेर्ने मेरो दृष्टिकोण परिवर्तन भयो मैले थाहा पाइनँ।

ऊ मेरो जिउमा चुम्बन गर्न थाल्छ। उसलाई म सघाउन थाल्छु। मेरो जिउ काँपिरहेको हुन्छ अनौठो डरले। त्यही छटपटी शान्त गरिरहेको हुन्छ उसले।

ऊ प्रत्येक दिन टिभी हेर्न मेरो घर आइरहन्थ्यो। उसलाई पकाएको खानेकुरा खान दिइरहन्थेँ। मिठो मानेर खान्थ्यो। ऊ बच्चै लाग्थ्यो मलाई। मभन्दा ऊ आठ वर्षले कान्छो। ऊ गइसकेपछि उसले खाएको जुठो थालमा खान्थेँ म। उसले पिउन नसकेको आधा बाँकी गिलासको पानी पिउँथेँ म। मनमा आनन्द लाग्थ्यो। ऊ एक दिन मेरो घर आएन भने म छटपटिन्थेँ। समय नै नबितेको जस्तो लाग्थ्यो मलाई। उसलाई देखेपछि मन शान्त हुन्थ्यो। वरिपरि भएका वस्तु सुन्दर लाग्थे। ऊ टिभी हेरिरहन्थ्यो।

उसको अनुहार कति कलिलो र शान्त थियो। आँखाले उसलाई स्पर्श गर्न थालेँ। उसलाई मनमनै कैयाैँ पटक चिमोटिसकेकी थिएँ। कैयौँ रात उसलाई सम्झेर अँगालोभरि सिरानी कसेर सुतेकी थिएँ। उसलाई मनमनै निचोर्थेँ। सिरानीसँग लछारपछार गर्थेँ। उसको कलिलो रातो गाला टोक्न चाहन्थेँ। उभित्र हराउन चाहन्थेँ। तर, ऊ बच्चाजस्तो देखिन्थ्यो। उसलाई छुने साहस भइरहेको थिएन। मेरी आम्मै ! मेरो साहस कहाँ हराएको थियो नि ?

म पटकपटक उसको अनुहारतिर हेरिरहेकी थिएँ। उसको जुँगाका रेखा कति सुहाएको थियो। रगत नै निस्कला जस्तो उसको ओठ, पुक्कपुक्क परेका गाला। नव वयमा टेकेको उसको पुष्ट जिउ। आहा ! कति आल्हादलाग्दो थियो। उसको ओठ निचोर्न मन लाग्यो। उसको पुष्ट जिउसँग खेल्ने इच्छा जागृत भयो। यस पटक म आफूलाई रोक्न सकिनँ। ऊ मुढामा बसिरहेको थियो। म पलङबाट उठेर उसलाई पछाडिबाट समातेँ। उसको पिठ्यूँमा मेरा पोटिला स्तनहरू ठोक्किए। आहा ! उसको जिउ कति कस्सिएको ? मेरो जिउका नसा तरंगित हुन थाले। पछाडिबाट उसको चिउँडो माथि उठाएँ उसको ओठमा चुम्बन गरेँ। उसले जिउ खुम्चायो। ऊ चुप लागेर बसेन।

‘भौजी यी कथि करै चिही’ भन्दै उसले बल लगाएर मेरो हात छुटाउँदै मलाई पर धकेल्यो। म एक हात पछाडि धकेलिएर पलङमा लडेँ। मेरो थुकले लतपतिएको ओठ पुछ्दै ऊ त्यहाँबाट भाग्यो। मेरो स्पर्श उसलाई स्वीकार्य थिएन। ऊ मेरो विरोध गर्दै निस्केको थियो। भर्खरको ठिटोले एक परिपक्क आइमाईको स्पर्शलाई कसरी पो सहजै स्वीकार्न सक्थ्यो र !

ऊ त्यहाँदेखि मेरो घर आउन छोड्यो। ऊ मेरो घर आउन छोडेको देखेर मलाई पश्चाताप लाग्न थाल्यो। केटी मान्छेको स्पर्शको अनुभव गर्दै नगरेको केटालाई आफ्नो तृष्णा मेटाउने साधन मैले कसरी सोचेकी हौंली, छ्या ? भर्खरको केटो मेरो आवश्यकता पूरा गर्न सक्छ भन्ने मैले कसरी पो सोचेकी, थुइक्क ? मलाई छुन पनि नसक्ने त्यस्तो लुरे, एक मुक्का हान्दा ढल्न सक्ने, भर्खरको बच्चा जस्तो ठिटोलाई मैले यौनतृष्णा मेटाउने साथी कसरी देखेँ होला ?

उसलाई नदेख्दा तनावमा परें। वरपरका वस्तु मलाई व्यर्थ र अर्थहीन लाग्न थाल्यो। घन्टौसम्म एक्लै टोलाएर बसिरहन्थेँ। खाना खान मन लाग्दैन्थ्यो। एक हप्ता भइसकेको थियो ऊ हाम्रो घरमा नआएको ? मलाई अत्यास लाग्थ्यो। उसलाई नहेरे पानीबिनाको माछाझै छटपटिन्थेँ। एक दिन तरकारी पकाउन आलु ल्याउन मचानमा चढेँ। मचानबाट उसको आँगन देखिँदो रहेछ। मचानबाट उसको आँगन देखिन्छ भन्ने विचार मनमा किन पहिले आएन, मेरी आम्मै ! छया म कस्तो बुद्धिहीन रहिछु। ऊ आँगनको कलमा नुहाइरहेको थियो कट्टु मात्र लगाएर। यसरी आधा जिउ नाङ्गो मैले उसलाई कहिले देखेकी थिइनँ। मचानमा बसेर उसलाई हेरिरहेँ। उसले जिउभरि साबुन लगायो। उसको जिउमा भएको साबुनको फिज कति पनि मन परेन मलाई। उसको जिउ ढाकिएको थियो फिँजले। उसले जिउमा पानी खन्यायो। नुहाइसकेपछि उसले तौलिया बे-यो जिउमा। लुगा फे-यो। मैले उसको जिउभरि आँखा डुलाएँ। ऊ लुगा लगाएर घरभित्र छि-यो। म चियाइरहेँ आँगनतिर तर ऊ निस्केन फेरि। 

कामबाट फुर्सद हुनेबित्तिकै म मचानमा जान्थेँ। त्यहाँ बसेर उसको आँगनतिर चियाउँथे। उसको एक झलक हेर्नका निम्ति मचानमा बसिरहन्थेँ। तर, कहिले उसलाई देख्थेँ, कहिले देख्दिनथेँ। उसलाई नदेखेको दिन मन खिन्न हुन्थ्यो। म दिनमा पाँच–छ पटक मचानमा चढ्थेँ। मचानको एउटा कुनामा आलु, प्याज र लसुन थियो भने अर्को कुना खाली थियो। खाली कुनामा बसेर उसको आँगनतिर चियाउँथेँ।

मेरो दिनचर्या मचानमा चढेर र ओर्लेर नै बितिरहेको थियो। मलाई मचानमा चढ्न कति पनि अल्छी लाग्दैन्थ्यो। तीन, चार दिनदेखि मचानमा चढ्दा पनि उसलाई देख्दिनथेँ। कुन्नि ऊ कहाँ गएको थियो ? किन आफ्नो घर, आँगनमा देखिँदैन्थ्यो ऊ ? मचानमा चढेर पनि उसलाई नदेख्दा म निरास हुन्थेँ। मलाई थकाइ लागेजस्तो हुन्थ्यो। जिउमा ऊर्जा नै नभएको जस्तो। जिउ लल्याकलुलुक हुन्थ्यो। जिउमा ताप बढे जस्तो हुन्थ्यो। मलाई कुनै वस्तु मन पर्दैनथ्यो।

म मानसिक रूपमा बिरामी भइसकेकी थिएँ। आफ्नै शरीरको हेरचाह गर्न दिक्क लाग्थ्यो। विस्तारै मलाई ज्वरो आउन थाल्यो। टाउको भारी हुन्थ्यो। जिउ तातो हुन्थ्यो। मलाई थाहा थियो म बिरामी भइसकेकी थिएँ। तर, कस्तो खाले बिरामी भएकी थिएँ म ? यो मेरो कस्तो तिर्खा थियो नि ? मेरो लागि कुन औषधि उपयुक्त थियो ?

एक दिन आँखा चिम्लेर म पलङमा पल्टिरहेकी थिएँ। आँगनमा कोही आएजस्तो लाग्यो। ‘जोसुकै आउन् मलाई बाल’ भनेर म पल्टिरहेँ। सासू खेतबाट काम गरेर फर्केकी होलिन् भन्ने लाग्यो। पाइलाको आवाज नजिकिँदै आयो। ‘सासू होलिन्’ भनेर आँखा खोलिनँ। तिनले आएर मेरो हात पो थिच्न थालिन्। लाग्यो– मलाई सन्चो नभएर सासूले हात थिचिदिइएकी होलिन्। त्यो हात क्रमशः मेरो स्तनलाई स्पर्श गर्न थाल्यो। मनमा अनगिन्ती भय पलायो। आँखा खोलेँ। एक हप्तादेखि मेरो घर नआएको दुःखीया मेरा आँखा अगाडि थियो। म केही बोलिनँ। उसलाई हेरेर पनि नौटंकी पाराले आँखा बन्द गरिरहेँ। उसले मेरो हात थिच्दै स्तन स्पर्श गरिरह्यो। उसको स्पर्शले मेरो जिउमा रक्तसञ्चार बढ्यो। आफूलाई रोक्न सकिनँ। उसलाई झ्याप्प समातेँ। उसले मेरो ओठमा आफ्नो ओठ राख्यो। मैले आफूलाई नियन्त्रण गर्दै भनेँ ‘अत नै करै। लोक देखतौ। चल मचान मे।’

उसले पनि मेरो कुरा स्विका-यो। म अघिअघि गएँ। ऊ पछिपछि आयो। मचान सुनसान थियो। उसले मलाई मचानमा निर्वस्त्र पा-यो। उसलाई मैले स्पर्श गर्ने तरिका सिकाउँदै गएँ। ऊ पनि मेरो निर्देशनमा मेरा अंगअंगमा चुम्बन गर्न थाल्यो। त्यहाँदेखि एकान्त पाउनेबित्तिकै हामी मचानमा भेटेर नांगिन्थ्यौँ।

उसकी आमा कहिलेकाहीँ हाम्रो घर आउँदा मलाई सुनाउँदै भन्थी, ‘आब दुःखीया के बियाह कैर देबै ?’ उसका कुरा सुनेर डर लाग्थ्यो। तिनले हाम्रो सम्बन्धका बारेमा थाहा त पाइनन् ? थाहा पाए पाऊन मलाई केको डर ? उनको छोरोले नै सुरुवात गरेको थियो नि। उनले सोधिन् भने म छर्लङ बताइदिन्छु सबै कुरा। किन डराउनू हँ ? उसको बिहेको कुरा सुनेर रिसले आगो भएँ। उसकी आमाको सबै कपाल भुत्ल्याएर आँगनबाट निकालिदिऊँ लाग्यो। उसको बिहेको बारेमा म केही सुन्न सक्दिनथेँ।

उसँग भेट्दा, ‘तोहे बियाह नै कर। ने त हम मोइर जेबौ’ भन्थेँ उसलाई। उसले पनि मेरो गाला सुमसुम्याउँदै भन्थ्यो, ‘हेतै, हम नै करबै बियाह।’ ऊ मैले लगाउने ब्राको साइज सोध्थ्यो। मैले पनि हाँस्दै, ‘छत्तीस’ भनेर जवाफ फर्काउँथेँ। धेरै कुरा थियो जुन कुरा केटीका बारेमा थाहा थिएन उसलाई। मेरो संगतमा परेर उसले बिस्तारै सबै कुरा थाहा पाउँदै थियो। तैपनि केटीका बारेमा केटीहरूको यस्तो कसरी हुन्छ ? त्यस्तो कसरी हुन्छ ? कुन अंग चलाउँदा केटीहरू शिथिल हुन्छन् भन्ने सोधिरहन्थ्यो। बताएर उसका सबै जिज्ञासा शान्त पार्थेँ। एक दिन मैले पछाडि ठूलो गला भएको ब्लाउज लगाएकी थिएँ। उसले मचानमा मेरो ब्लाउज खोल्नुभन्दा अगाडि सोध्यो, ‘छौरी सब डबल गला बला बुलौज लगाई छै त ब्रा कथिले नै देखाई छै पछारी से ?’ मैले ब्लाउज फुकाल्दै ब्लाउज ऊतिर देखाउँदै भनैँ, ‘बुलौज मे कप राखल रहै छै। कपवला बुलौज लगाई छै त ब्रा नै लगाई ले परै छै। बुलौज के कप ब्रा के काम करै छै।’

मेरा कुरा सुनेर ब्लाउजमा भएको कपतिर उसले अचम्म पाराले हेरेको थियो। पटकपटक ऊसँग मैले सम्बन्ध राखेँ। यो सम्बन्ध मलाई कहिले नाजायज लागेन। ऊसँगको सम्बन्ध आफ्नो मान्छेको जस्तो लाग्थ्यो। हाम्रो सम्बन्धको दुई वर्ष भइसकेको थियो। मेरो पेटमा उसको बच्चा बस्न सक्छ भन्ने डर उसलाई खुबै लाग्थ्यो। ‘हम चक्की खाई चियै बच्चा नै बैठ तै।’ भनेपछि बल्ल ऊ ढुक्क हुन्थ्यो। 

दिन बित्दै थियो। दुई वर्षपछि ऊ दोस्रो पटक फेरि हरायो। एक हप्ता भइसकेको थियो। ऊ आएको थिएन। ऊ कहाँ थियो ? के गर्दै थियो मैले अनुमान लगाउन सकेकी थिइनँ। उसलाई नदेखेपछि म छटपटाउन थालेँ। मचानमा गएर उसको आँगनतिर लुकीलुकी चियाउन थालेँ। उसको आँगनमा चहलपहल थियो। मेरो बेचैनी बढ्न थाल्यो। ऊ एक पटक मकहाँ आइदिए हुन्थ्यो नि। एका बिहानै अंग्रेजी बाजा बजेको सुनेँ। कान ठाडो पारेर सुनेँ। उसकै घरतिरबाट बाजाको आवाज आइरहेको थियो।

हस्याङफस्याङ गर्दै मचानमा चढेँ। उसको आँगनतिर हेरेँ। ऊ बेहुला बनेर उभिरहेको थियो। उसका अगाडि–पछाडि जन्तीको लाम थियो। मैले उसको यस्तो रूप हेर्न सकिनँ। मेरी आमा ! हेर्ने पनि कसरी ! आफूलाई नियन्त्रण गर्न सकिनँ। उसले मलाई कसरी धोका दिन सकेको होला हँ ? ममाथि सौता ल्याउने त्यसको त्यत्रो साहस ? त्यसका बाजे ! उसको गाला पड्काइनँ भनेँ म पनि म होइन।

मभन्दा ऊ आठ वर्षले कान्छो। उसले खाएको जुठो थालमा खान्थेँ म। उसले पिउन नसकेको गिलासको बाँकी पानी पिउँथेँ म। मनमा आनन्द लाग्थ्यो। ऊ एक दिन मेरो घर आएन भने म छटपटिन्थेँ। उसलाई देखेपछि मन शान्त हुन्थ्यो।

हतारिँदै मचानबाट तल झरेँ। रिसले आफ्नै टाउकाको कपाल भुत्ल्याएँ। कपाल जिङ्ग्रिङ्ग भयो। रिसले घरभित्रको डसना, तन्ना, कुर्सी, भाँडाकुँडा, थाल, कचौरा, कन्ती सबै आँगनमा फालेँ। सासू–ससुरा कोही थिएनन् घरमा। सबै बिहेमा गएका थिए सायद ! 

आफूलाई रोक्न सकिनँ। उसलाई दुई झापड गालामा हानेर आउँछु भनेर सबै सामान आँगनमा फालेर उसको घर जान निस्केँ। आँगन अगाडि खलहियानमा पुगेँ। सुट, बुट र कोट लगाएको मान्छे दुइटै हातमा ठूलो लगेज बोकेर आउँदै थियो। मैले त्यो मान्छेको वास्ता गरिनँ। म उसको घरतिर जान पाइला अगाडि सारेँ। त्यो मान्छले मेरो हात पछाडिबाट समात्दै भन्यो, ‘लतियाहीवाली, कथि भेलौ ? कत जाइचिही ? कथिले येहेन हातल बनाइने चिही ?’

त्यो मान्छेका कुरा सुनेर उसको अनुहारतिर हेरेँ। उनी कतारबाट फर्केका मेरै लोग्ने थिए। उनका कुरा सुनेर मेरो पाइला अगाडि बढ्न सकेनन्। जहाँको त्यहीँ उभिरहेँ। म पागल जस्तै निःशब्द भई उनको अनुहारतिर हेरिरहें।

प्रकाशित: २५ श्रावण २०७६ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App