८ वैशाख २०८१ शनिबार
राजनीति

तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ, कतारका राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायल र स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

त्यसैगरी, राष्ट्रपतिसमक्ष नेपालका लागि क्युबाका गैरआवासीय राजदूत अस्कर इजरेल मार्टिनिज कार्डोभेसले पनि ओहोदाको प्रमाणपत्र पेस गरे।

नयाँदिल्लीस्थित क्युबाली राजदूतावासले नेपाल मामिला हेर्दै आएको छ ।

समारोहमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्री, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । रासस

प्रकाशित: २५ कार्तिक २०७३ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App