coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ऋणबाट जोगिन ६ लाख लुटिएको नाटक

पक्राउ परेका व्यक्ति

नेपालगन्ज– चक्कु प्रहार गरी लुटिएको नाटक गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपालगन्ज–२१ महेन्द्र बहुमुखी क्याम्पस अगाडी आफूलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरि ६ लाख भारतीय रुपैयाँ लुटिएको बताउँने सुर्खेत बीरेन्द्रनगर–६ निवासी ३४ बर्षिय मोहम्मद नियाज अहमद अली साई पक्राउ परेका हुन् । जमुनाहातर्फबाट भे १ प ५००७ नम्वरको मोटरसाईकल चढेर नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा खुर्सानीको धुलो फालेर साथमा रहेको रकम अपरिचित व्यक्तिले लुटेको साईले बताएका थिए ।

सूचना प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक बीरबहादुर थापा र मातहतका प्रहरी कार्यालयबाट प्रहरी परिचालन भएका थिए । ‘सो घटना बारेमा घटनास्थल, आसपासका व्यक्ति, पीडित  तथा निजले लुटिएको रकम ल्याएको भनिएको भारत रुपैडिहास्थित रहेको एकता टुर एण्ड ट्राभल्समा गएर बुझ्दा निज व्यक्तिको घर बैंकले लिलाम गरेको, नेपालगन्ज र सुर्खेतका धेरै व्यक्तिसँग लेनदेन व्यबहार रहेका कारण नाटक गरेको पाईयो,’ प्रहरी निरिक्षक थापाले भने ।

ऋण तिर्न चौतर्फी दवाव आएका कारण केही दिनका लागी कसैलाई रकम दिन नपरोस् भनि आफैले झुठ्ठा बहाना बनाई खुर्सानीको धुलो तयार गरि आँखा तथा टाउकोमा हाली साथमा रहेको ब्लेडले ढाड तथा टाउकोमा काटेर घाउ बनाएको प्रहरी समक्ष बयान दिएको उनले थापाले बताए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित: २५ कार्तिक २०७३ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App