coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘पर्यटन वर्ष सफल पार्न सार्वजनिक शपथ खुवाइन्छ’

काठमाडौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका पर्यटन व्यवसायीलाई टुँडिखेलमा बोलाएर सार्वजनिक शपथ खुवाउने बताएका छन्।  शुक्रबार राजधानीमा आयोजित अन्तक्र्रियामा उनले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन पर्यटन व्यवसायीलाई व्यक्तिगत तथा संस्थागत रूपमा गर्नसक्ने सहयोगबारे सामूहिक प्रतिबद्धता जनाउने परिस्थिति सिर्जना गराउन त्यसो गर्न लागिएको स्पष्ट पारे।  प्रधानमन्त्रीको उपस्थितिमा सरकार र व्यवसायीलाई पर्यटन प्रवद्र्धनमा कुनै न कुनै भूमिका निर्वाह गराउन त्यसले सघाउ पु¥याउने उनले विश्वास व्यक्त गरे।

नेपाल वायुसेवा निगमलाई कुनै हालतमा थला पर्न नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको अध्ययनका लागि कार्यदल बनाइसकेको जानकारी दिए।  कार्यदलले काम गर्दै गर्दा आफूहरू पनि सँगसँगै क्रियाशील रहने प्रतिबद्धता उनले जनाए।  ‘निगमलाई व्यवस्थापनमा सफल बनाउन मेरो प्रयास निरन्तर रहनेछ,’ उनले भने, ‘निगमले कतिपय ठाउँमा उड्न नपाउने अवस्था छ।  सो समस्या समाधान गरेर निर्विवाद ढंगले अमेरिका, युरोप तथा एसियालगायत देशमा जहाज सहज माध्ययमबाट जाने वातावरण बनाउन जोड दिइने छ। ’

पर्यटन प्रवद्र्धनकै लागि विभिन्न देशमा रहेका कूटनीतिक नियोगका पदाधिकारी तथा राजदूतहरूलाई आफू कार्यरत देशबाट पर्यटन वर्षलाई ‘प्रोमोट’ गर्न केही योजना बनाएरै अगाडि ब्रह गरिने पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइ थियो।

उनले पर्यटन वर्ष सफलका लागि पर्याप्त पर्यटक भिœयाउन विभिन्न देशका संयोजकको भूमिका निर्वाह गरिरहेका प्रमुख नेताहरूलाई आग्रह गर्ने योजना रहेको पनि सुनाए।  नेकपाका नेता माधवकुमार नेपाल, सुवास नेम्वाङ तथा कांग्रेस नेता विजयकुमार गच्छदारलाई फ्रान्स, चीन तथा भारतबाट पर्यटक भिœयाउन सहयोग गर्न आग्रह गर्ने उनको भनाइ थियो।  पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने धारणा राख्दै उनले सरकारले पूर्वाधार विकासमा जोड दिने र सरकार आफैंले बस वा रेस्टुरेन्ट नचलाए पनि वातावरण बनाउन हरसम्भव प्रयास गर्ने उल्लेख गरे।

पर्यटन प्रवद्र्धनकै लागि विभिन्न देशमा रहेका कूटनीतिक नियोगका पदाधिकारी तथा राजदूतहरूलाई आफू कार्यरत देशबाट पर्यटन वर्षलाई ‘प्रोमोट’ गर्न केही योजना बनाएरै अगाडि बढ्न आग्रह गरिने पनि उनको भनाइ थियो।  ‘हामीले बुढेसकालमा परिवारसहित बिदा मनाउन राजदूत बनाएर पठाएका होइनौं,’ उनले भने, ‘सम्बन्धित देशका राष्ट्रप्रमुखलाई बोलाएर पर्यटन वर्षको दीप प्रज्वलन गरिदिए पनि अन्तर्राष्ट्रिय समुदायमा ठूलो म्यासेज जाने छ।  उहाँहरूले काम गर्नुप¥यो। ’ एनआरएन, विदेशमा कार्यरत नेपाली समुदाय तथा विद्यार्थीले पनि नेपालमा पर्यटक पठाउन आफ्ना संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग गर्न पनि उनले आह्वान गरे।

विदेशमा अध्ययन गरिहेका विद्यार्थीका हकमा आफ्ना प्रोफेसरलाई नेपाल भ्रमणबारे जानकारी गराउने तथा मजदुरहरूले आफ्ना मालिकलाई आग्रह गर्दा पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्वि हुनेमा उनले विश्वास व्यक्त गरे।  ‘हरेकले एक पर्यटक नेपाल पठाउन सफल भए २० लाख होइन, ५० लाख पर्यटक भिœयाउन सकिन्छ,’ उनले भने।  मन्त्री भट्टराईले डिसेम्बर ३० मै गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको जानकारी गराए।  कुनै कारण देखाएर विमानस्थलको निर्माण कार्यमा ढिलाइ भए स्वीकार्य नहुने उनले बताए।  पोखरा विमानस्थलको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढिरहेको जनाउँदै उनले समयसीमाभन्दा ६ महिना पहिला नै निर्माण कार्य सम्पन्न हुने उनले बताए।  सन् २०२१ को जुनभित्र सो विमानस्थल निर्माण सम्पन्न हुने उनी विश्वस्त देखिए।

अन्तक्र्रियालाई आइडिया बैंकको संज्ञा दिँदै उनले आफूलाई सबै क्षेत्रबाट पर्यटन वर्ष सफल बनाउन दिनसक्ने सहयोग र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन सहभागीसँग आग्रह गरे।  कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी, पर्यटन मन्त्रायका सचिव मोहनकृष्ण सापकोटालगायतको उपस्थिति थियो।

प्रकाशित: २५ श्रावण २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App