८ वैशाख २०८१ शनिबार
खेल

सेब क्वार्टरफाइनलमा

काठमाडौं – सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सेबले जेनिथलाई २८–१४ ले पराजित ग¥यो। सेबको जितमा कुमार तामाङले १४ अंकको योगदान दिएका थिए। जुनियर ब्वाइजमै शिवम् लामाको १३ अंक सहयोगमा महामञ्जुश्रीले एलआरआइलाई ३९–१६ ले सहजै स्तब्ध बनायो।

त्यस्तै सिनियर ब्वाइजमा नेपालयले ज्योति एकेडेमीलाई ३६–२३, न्यु जेनिथले एलआरआइलाई ४७–२७ र महामञ्जुश्रीले एलाइट को–एडलाई ४२–१६ ले पराजित ग¥यो।

नवोदितले सेन्ट जेभियर्सलाई २९–३, काठमाडौं भ्यालीले तोरणलाई २७–२३, विल्सन एकेडेमीले आयोजक ग्रिनफिल्डलाई ५८–४८ र कमलले ग्लेन बड्सलाई २७–१६ ले पाखा लगाए। सिनियर गल्र्समा दुर्गा भवानीले कमललाई १०–३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

प्रकाशित: २५ श्रावण २०७६ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App